logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • दाउरा काट्ने क्रममा रुखले च्यापिएर डोटीमा एक बालकको मृत्यु

    दाउरा काट्ने क्रममा रुखले च्यापिएर डोटीमा एक बालकको मृत्यु

    884
    Shares
    दाउरा काट्ने क्रममा रुखले च्यापिएर डोटीमा एक बालकको मृत्यु

    डोटी । डोटीमा दाउरा काट्ने क्रममा रुखले च्यापिएर एक बालकको मृत्यु भएको छ ।

    सायल गाउँपालिका–२ खरगडाका मदनबोहराका १४ वर्षीय छोरा तिलक बोहराको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब निरीक्षक नारायणसिं नेगीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार सायल गाउँपालिका–५ पटकानीस्थित मामाघर बस्दै आएका बोहरा रानीवन जंगलमा दाउराका लागि बाँझको रुख काट्ने क्रममा दिउँसो १२ बजे सोही रुखले च्यापिएर गम्भीर घाइते भएका थिए ।

    घाइते बोहरालाई उपचारका लागि जिल्ला अस्पताल डोटी ल्याइएकामा दिउँसो ३ बजे डाक्टरले मृत घोषणा गरेको प्रहरीको भनाइ छ ।

    घटनाको अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय आदर्शबाट प्रहरी निरीक्षक जनकबहादुर बोहराको कमाण्ड र प्रहरी चौकी डौडबाट प्रहरी सहायक निरीक्षक चक्रबहादुर मल्लको कमान्डमा प्रहरी घटनास्थलमा गएको प्रहरी नायब निरीक्षक नेगीले जानकारी दिनुभयो ।रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend