logo

२०८१ बैशाख १८ मंगलबार

logo
  • मंगलबार, १८ बैशाख २०८१
  • इन्द्र बम मल्लको नयाँ गीत ‘नेपाली कथा’ सार्वजनिक

    इन्द्र बम मल्लको नयाँ गीत ‘नेपाली कथा’ सार्वजनिक

    5.6K
    Shares
    इन्द्र बम मल्लको नयाँ गीत ‘नेपाली कथा’ सार्वजनिक

    काठमाडौँ । नवगायक इन्द्र बम मल्लको नयाँ गीत ‘नेपाली कथा’ सार्वजनिक भएको छ । सो नयाँ गीतमा गायक मल्लका शब्द तथा संगीत रहेको छ भने पाश्र्व स्वर गायिका संगीता राना प्रधानको रहेको छ ।

    गायक मल्लसँगै सो गीतको भिडियोमा वरिष्ठ कलाकार मिथिला शर्मा पनि रहेकी छिन् । त्यसैगरी कलाकारहरु आशा थापा, लिना थापा, ममिता पुन, कृति मल्ल ठकुरी, सन्तोष थापाको पनि सो गीतो भिडियोमा अभिनय रहेको छ । उक्त गीतमा बाल कलाकारका रुपमा समय–शिवांशले पनि अभिनय गरेका छन् ।

    उक्त गीतको भिडियोमा शम्भु चालिसेको छायांकन छ भने नवीन घर्तीमगरको सम्पादन रहेको छ । त्यसैगरी सो गीतको निर्देशन भने हेमराज आश्रमले गरेका छन् । उनले गीत मार्फत् वर्तमान नेपाली समाजको यथार्थ चरित्रलाई कला सिर्जनामा चित्रण गर्दैै नेपाली समाजको कथा र घर–घरको व्यथालाई आफ्नै युट्युब च्यानलबाट यो गीत बजारमा ल्याएका हुन् । बागलुङ जिल्लामा जन्मिएका मल्ल सानैदेखि गीत गाउने गर्थे ।

    विद्यालय समयमा विद्यालयमा हुने विविध सांस्कृतिक कार्यक्रमका साथै गाउँघरमा हुने स्थानीय लोक तथा अन्य सांस्कृतिक कार्यक्रमबाट गीत गाउन सुरु गरेका उनले अहिले यो नयाँ गीत बजारमा ल्याएका हुन् । उनी मादल, मुरली तथा हार्मोनियम बजाउन पनि सिपालु छन् । पढाइमा पनि अब्बल उनमा संगीतप्रति गहिरो मोह रहेकाले नै विसं २०६५ मा ललितकला क्याम्पस, काठमाडौँमा अध्ययन सुरु गरेका हुन् ।

    उनले शास्त्रीय संगीतको मूल भनेर चिनिने भारतको काशी हिन्दु विश्वविद्यालय बनारसमा विसं २०६८ मा पूर्ण छात्रवृत्तिमा स्नातक र स्नातकोत्तर अध्ययन गर्ने अवसर पाएका छन् । संगीतमा विशेष ज्ञान हासिल गरेर आफ्नै देशमा केही गरौँ भन्ने अभिलाषा बोकी उनी २०७६ सालमा स्वदेश फर्किए र त्यसपछि आफ्नै पाठशाला इन्स्टिच्युट अफ म्युजिक एण्ड आर्टमामा संगीत सिकाउन थालेका छन् ।

    शास्त्रीय संगीतलाई सबै संगीतको जननी ठान्ने उनी “कला सामाजिक हित उपयोगी हुनुपर्छ” भन्ने दर्शन अनुरुप नेपाली समाजलाई संगीतको माध्यमबाट सकारात्मक सन्देश र सचेतना फैलाउन चाहन्छन् । पछिल्लो समयमा उनले वर्तमान नेपाली समाजको यथार्थ चरित्रलाई कला सिर्जनामा चित्रण गर्दैै नेपाली समाजको कथा र हाम्रो घर–घरको व्यथालाई आफ्नै youtube channel Indra B Malla बाट नेपाली कथा बोलको गीत बजारमा ल्याएका छन् ।

    गीतमा युवाहरुको विदेश पलायन र बेरोजगारीको समस्यालाई कलात्मक र प्रतीकात्मक रुपमा प्रस्तुत गरेका छन् । शास्त्रीय संगीतलाई सबै संगीतको जननी ठान्ने उनी “कला सामाजिक हित उपयोगी हुनुपर्छ” भन्ने दर्शन अनुरुप नेपाली समाजलाई संगीतको माध्यमबाट सकारात्मक सन्देश र सचेतना फैलाउन चाहन्छन् ।

    उनले गीतमा युवाहरुको विदेश पलायन र बेरोजगारीको समस्यालाई कलात्मक र प्रतीकात्मक रुपमा प्रस्तुत गरेका छन् ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend