logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा झगडिया झिकाउन आदेश

    क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा झगडिया झिकाउन आदेश

    4.3K
    Shares
    क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा झगडिया झिकाउन आदेश

    काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदनमा उच्च अदालत पाटनले झगडिया झिकाउन आदेश दिएको छ ।
    न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले सो आदेश गरेका हुन् ।

    झगडिया झिकाउने आदेश गर्दै न्यायधीशले मुद्दालाई प्रक्रियामा लगेका बताइएको छ । सन्दीपको मुद्दामा झगडिया झिकाएर न्यायधीशले सुनवाइ आवश्यक रहेको सन्देश दिएका जानकारहरु बताउछन् । उच्च अदालतमा आज सन्दीपको मुद्दा पहिलो नम्बरमै परेको थियो ।

    पुनरावेदन मुद्दामा यदि झगडिया झिकाइनु एउटा औपचारिक प्रक्रियाभएको र यदि तल्लो तहको अदालतले गरेका फैसलामाथि न्यायाधीशले पुनरावलोकन आवश्यक देखेको खण्डमा झगडिया झिकाउने आदेश गर्ने गर्छन् । यो भनेको मुद्दाका दुवै पक्षहरुलाई बोलाउन वा खबर गर्न भनिएको हो ।

    यदि तल्लो तहको अदालतले गरेको फैसला ‘क्लीन’ वा खोटमुक्त देखिएमा झगडिया झिकाउने आदेश नहुन पनि सक्छ । यस्तो अवस्थामा जिल्ला अदालतले गरेको आदेश स्वतः सदर भएको मानिन्छ । जसलाई ‘सुरु सदर’ भन्ने गरिन्छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend