logo

२०८१ बैशाख १८ मंगलबार

logo
  • मंगलबार, १८ बैशाख २०८१
  • टी २० वरीयतातर्फ दीपेन्द्र बने नम्बर वान अलराउन्डर

    टी २० वरीयतातर्फ दीपेन्द्र बने नम्बर वान अलराउन्डर

    11.1K
    Shares
    टी २० वरीयतातर्फ दीपेन्द्र बने नम्बर वान अलराउन्डर

    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आइसिसी टी-२० वरीयतामा छलाङ मारेका छन्। उनी टी-२० अन्तर्राष्ट्रियको अलराउन्डरको वरीयतामा ११औं स्थानमा पुगेका छन्। दीपेन्द्र यो वरीयतामा १४ स्थान माथि उक्लिएका हुन्।

    यस्तै दीपेन्द्रले टी-२० को ब्याट्सम्यानको वरीयतामा पनि फड्को मारेका छन्। उनी ब्याट्सम्यानको वरीयतामा १६ स्थान माथि उक्लिदै ६१औं स्थानमा पुगेका छ्न्।

    नेपालका लागि एकै ओभरमा ६ छक्का प्रहार गर्ने दीपेन्द्र पहिलो नेपाली खेलाडी बने। अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का प्रहार गर्ने पाँचौ र टी-२० मा तेस्रो खेलाडी बने। टी-२० अन्तर्राष्ट्रिय खेलमा भारतका युवराज सिंह र वेस्ट इन्डिजका किरोन पोलार्डले एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए।

    ओमानमा भइरहेको एसिसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगितामा दीपेन्द्रले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।गत शनिबार कतारविरूद्धको खेलमा दीपेन्द्रले कीर्तिमानी प्रदर्शन गरेका थिए। कतारका कमरान खानविरूद्ध २०औं ओभरको ६ बलमै ६ छक्का प्रहार गर्दै कीर्तिमानी प्रदर्शन गरेका थिए।

    युवराजले इंग्ल्यान्डका स्टुअर्ट ब्रोडविरुद्ध २००७ को टी-२० विश्वकपको एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए। पोलार्डले सन् २०२१ मा श्रीलंकाका अकिला धनञ्जयलाई ६ छक्का प्रहार गरेका थिए।

    एकदिवसीय खेलमा दक्षिण अफ्रिकाका हर्शल गिब्सले नेदरल्याण्ड्सविरुद्ध २००७ को एकदिवसीय विश्वकपमा एकै ओभरमा ६ छक्का हिर्काएका थिए। अमेरिकाका जसकरण मल्होत्राले २०२१ मा पपुवा न्युगिनीविरुद्धको एकदिवसीय खेलमा यस्तै उपलब्धि हासिल गरेका थिए।

    बुधबार आइसिसीले जारी गरेको पछिल्लो वरीयतामा नेपालका विकेटकिपर ब्याट्सम्यान आसिफ शेखले ३६ स्थान फड्को मारेका छन्। उनी सूचीमा ७५औं स्थानमा छन्।

    ब्याट्सम्यानको वरीयतामा नेपालका कप्तान रोहित पौडेल ५३औं स्थानमा छन् भने कुशल मल्ल नौ स्थान उक्लिदै सयौं स्थानमा आइपुगेका छन्। कुशल अलराउन्डर वरियतामा पाँच स्थानमाथि उक्लिएर २७ औं स्थानमा पुगेका छन्। बलरको वरीयतामा नेपालकी खेलाडी शीर्ष सयमा छैनन्।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend