२०८३, आषाढ २० गते

शनिवार, आषाढ २० गते २०८३

सांसद एकनाथ ढकालले गरे 'पिस स्टडीज' मा अमेरिकाबाट स्नातकोत्तर

आइतवार , जेठ १३, २०८१

काठमाडौँ-  पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले  सयुक्त राज्य अमेरिकाको न्यूयोर्क स्थित “एचजे इन्टरनेशनल ग्रेजुएट स्कूल फर पिस एण्ड पब्लिक लिडरशिप” वाट स्नातकोत्तर उपाधिद्वारा विभूषित भएका छन् ।

नेपाल परिवार दलकाे अध्यक्ष  समेत रहेका ढकाललाई  न्यूयोर्क मा आयोजित ४८औ दीक्षान्त समारोहमा कलेजका अध्यक्ष डा. थोमस जेराल्ड वाल्सले  “मास्टर इन पिस स्टडीज” को प्रमाणपत्र प्रदान गरेका थिए । ढकालले “मास्टर इन पिस स्टडीज” प्रथम श्रेणीमा उत्तीर्ण गरेका हुन्।

सन् २०२१ मा कलेजमा भर्ना भएका सांसद ढकालले दूर शिक्षा अध्ययन गरेका हुन्। यस अध्ययनका लागि उनले छात्रवृत्ति पाएका थिए।

दीक्षान्त समारोहमा पूर्व अमेरिकी बिशेष दुत जोसेफ आर डेट्रानी लाइ मानार्थ बिद्धाबरिधि प्रदान गरिएको थियो। राजदूत डेट्रानी उत्तर कोरियासँग छ-पक्षीय वार्ताका लागि अमेरिकी विशेष दूत थिए। राजदूत देत्रानीले दुई दशकभन्दा बढी समय सेन्ट्रल इन्टेलिजेन्स एजेन्सीमा वरिष्ठ गुप्तचर सेवाको सदस्यको रूपमा सेवा गरे।

 

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
images
images
ताजा अपडेट