logo

२०८१ मंसिर १८ मंगलबार

logo
  • मंगलबार, १८ मंसिर २०८१
  • पश्चिम नवलपरासीमा १८ करोड लागतमा अस्पताल निर्माण गरिँदै

    पश्चिम नवलपरासीमा १८ करोड लागतमा अस्पताल निर्माण गरिँदै

    378
    Shares
    पश्चिम नवलपरासीमा १८ करोड लागतमा अस्पताल निर्माण गरिँदै

    नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिका–५ स्थित धनगडवामा १८ करोड रुपैयाँ लागतमा अधारभूत अस्पताल निर्माण थालिएको छ ।

    सङ्घीय सरकारको स्वास्थ्य मन्त्रालयले सरावलमा १५ शय्याको अस्पताल निर्माण गर्न १८ करोड रुपैयाँ बजेट विनियोजन गरेसँगै निर्माण थालिएको हो ।

    सवरावल गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरीका अनुसार यसअघि पालिकामा अधारभूत अस्पताल नहुँदा स्थानीय उपचारका लागि परासी, भैरहवा, बुटवललगायत स्थानमा जानुपर्ने बाध्यता थियो ।

    यो अस्पताल निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि यहाँका नागरिकको स्वास्थ्यमा पहुँच विस्तार हुनुका साथै समयमा उपचार पाउने उनले बताए ।

    अधारभूत अस्पतालमा पाउने सबै सेवा, सुविधा यस अस्पतालमा बिरामीलाई उपलब्ध गराइने अध्यक्ष चौधरीले जानकारी दिए । अस्पताल निर्माणका लागि गाउँपालिकाले बोलपत्र आह्वान गरिसकेकाले यथाशीघ्र निर्माण अघि बढाइने उनको भनाइ छ ।

    सरावल–५ का स्थानीयले दुई बिघा छ कठ्ठा दुई धुर जग्गा अधारभूत अस्पताल निर्माणका लागि दान दिएकाले अस्पताल निर्माणमा जग्गाको समस्या नरहेको वडा नं ५ का वडाध्यक्ष लक्ष्मणप्रसाद चौधरीले बताए ।

    यहाँ अधारभूत अस्पताल नहुँदा उपचारको लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको बताउँदै अस्पताल सञ्चालनमा आएपछि सहज उपचार पाइने स्थानीय दिनेश सहानीले विश्वास व्यक्त गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend