२०८३, जेठ २९ गते

शुक्रवार, जेठ २९ गते २०८३

कोराला सुक्खा बन्दरगाहको डिपिआर तयार, चीनको सहयोगमा बन्ने

बिहिवार , कार्तिक २२, २०८१

काठमाडौं । नेपाल–चीन सीमाना कोरलामा सुक्खा बन्दरगाह बन्ने भएको छ । सुक्खा बन्दरगाह चीन सरकारको अनुदान सहयोगमा बन्न लागेको नेपाल इन्टरमोडल विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले सुनौलो नेपाललाई बताए ।

चीनले प्रस्तावित सुक्खा बन्दरगाहको सम्भाव्यता अध्ययनका साथै विस्तृत आयोजना प्रतिवेदन(डिपिआर) तयार पारिसकेको उनले जानकारी दिए । ‘बन्दरगाह बनाउन लाग्ने लागत चिनियाँ पक्षले अहिलेसम्म जानकारी गराएको छैन । चिनियाँहरुले बनाउनका लागि तयारी गरिरहेका छन्’ उनले भने ।

समितिले अहिले वातावरणीय प्रभाव मूल्यांकनलाई अगाडि बढाएको छ । मुस्ताङको कोरलासम्म पुग्न कालिगण्डकी करिडोर निर्माण भइरहेको छ । कोरला बन्दरगाह बनाउन धेरै समय नलाग्ने उनले जानकारी दिए ।

उनले कोरला सुक्खा बन्दरगाह पनि ढिलोमा चार वर्षभित्र सकिने संभावना रहेको छ । समितिले सुदूरपश्चिमको कञ्चनपुरमा पनि भारतको सहयोगमा दोधरा चाँदनीको निर्माणको तयारी भइरहेको छ । दोधरा चाँदीन बन्दरगाह बन्न ६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

यस्तै आगामी वर्षभित्र रसुवाको सुक्खा बन्दरगाह सञ्चालनमा ल्याउने अर्को लक्ष्य समितिको छ । अबको चार वर्षमा हाम्रो १० वटा सुक्खा बन्दरगाह हुन्छ । एकदमै हो । समितिले ओलाङचुङ गोला, यारी, जलेश्वरमा पनि सुक्खा बन्दरगाह बनाउन हेरेको कार्यकारी निर्देशक गजुरेलले बताए ।

‘हाम्रो उद्धेश्य भनेको व्यापार सहजीकरण होस् भन्ने नै हो । सुख्खा बन्दरगाह बनाउनेको उद्धेश्य आयात मात्र होस् भन्ने होइन, यसले निर्यात पनि सहजीकरण गर्ने हो’ उनले भने ‘भोलि ओलाङचुङ गोलामा यस्तो खालको संरचना बन्यो भने त्यहीँ बनेका सामान पनि चीनतर्फ जाने सम्भावना खोल्छ ।’

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट