logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • इजरायलद्वारा लेबनानस्थित हिजबुल्लाहको मुख्य गढमा आक्रमण

    इजरायलद्वारा लेबनानस्थित हिजबुल्लाहको मुख्य गढमा आक्रमण

    1.1K
    Shares
    इजरायलद्वारा लेबनानस्थित हिजबुल्लाहको मुख्य गढमा आक्रमण

    बेरुत, लेबनान/एएफपी । इजरायलले लेबनानको बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको क्षेत्रमा छापा मार्दै बिहीबार दक्षिण बेरुतस्थित हिजबुल्लाहको मुख्य गढमा हवाई आक्रमण गरेको छ ।

    हिजबुल्लाहले इजरायलको बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको सैन्य अड्डालाई लक्षित गरी क्षेप्यास्त्र प्रहारसहित इजरायलमाथि धेरै आक्रमण गरेको दाबी गरेपछि छापा मारेको हो ।

    स्वास्थ्य मन्त्रालयले बुधबार पूर्वी लेबनानको बेका उपत्यका र हिजबुल्लाहको प्रभुत्व रहेको घना जनसङ्ख्या भएको प्राचीन सहर बालबेकमा इजरायली आक्रमणले ४० जनाको ज्यान गएको जनाएको छ ।

    गत सेप्टेम्बरको अन्त्यदेखि हिजबुल्लाह र इजरायल कडा युद्धमा छन् भने इजरायलले गाजामा हमाससँग लड्दै उत्तरी सीमा सुरक्षित गर्न तल्लिन छ ।

    बेरुत विमानस्थल नजिकै भएको आक्रमणले एउटा हिटर कारखानाको गोदामलाई ठुलो क्षति पुर्याएको एएफपीले जनाएको छ ।

    यातायातमन्त्री अलि हामेले विमानस्थलको परिसरसहित केही भवनहरूमा सामान्य क्षति भएता पनि विमानस्थल सामान्य रूपमा सञ्चालन भइरहेको र विमानहरू उडान र अवतरणमा कुनै समस्या नभएको बताएका छन् ।

    इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले विजय नभएसम्म हमास र हिजबुल्लाहसँग लड्ने वाचा गरेका छन् । बुधबार अमेरिकी राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पसँग कुरा गर्दै उनले इरानले द्वन्द्वमा थप खतरा उत्पन्न गरेको बताएका छन् ।

    प्रधानमन्त्री नेतान्याहुले ट्रम्पलाई चुनावी विजयका लागि बधाई दिँदै इजरायलको सुरक्षाका लागि मिलेर काम गर्न सहमत भएको नेतान्याहुको कार्यालयले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend