२०८३, जेठ २९ गते

शुक्रवार, जेठ २९ गते २०८३

ऊर्जा राज्यमन्त्री तामाङको कान्छाराम कन्ष्ट्रक्सन साढे २ वर्ष कालोसूचीमा, सरकारी ठेक्कामा भाग लिन नपाउने

शुक्रवार , कार्तिक २३, २०८१

काठमाडौं । नेपालमा राजनीतिक संरक्षणमा ठेक्का लिने तर काम नगर्ने प्रवृत्ति मौलाउँदै गएको छ । अधिकांश कम्पनीहरु सस्तोमा ठेक्का हात पार्ने र सरकारी कार्यालयबाट परिचालन रकम (मोबिलाइजेसन) पेस्की लिएर अन्यत्र लगानी गर्ने र ठेक्का सम्झौताअनुसार काम नगर्नेको संख्या बढ्दै गएको छ ।

जसले गर्दा सरकारले निर्माण गर्न थालेका अधिकांश ठूला परियोजना अलपत्र पर्ने क्रम बढेका छ । सरकारले लिएको लक्ष्यमा ठूलो धक्का लाग्दै आएको छ । ठेक्का लिएर समयमा काम नगर्ने र परियोजना अलपत्र पार्ने काममा वहालवाला ऊर्जा राज्यमन्त्री कान्छाराम तामाङ (पूर्णबहादुर) पनि परेका छन् ।

सडक आयोजना अलपत्र पारेपछि उनको स्वामित्वमा रहेको निर्माण कम्पनी साढे २ वर्ष कालोसूचीमा परेको हो । सार्वजनिक खरिद अनुगमन कार्यालयले कान्छाराम कन्ष्ट्रक्सन कम्पनी प्रालिलाई २ वर्ष ६ महिना कालोसूचीमा राखेको जनाएको छ । राज्यमन्त्री तामाङको कम्पनी कान्छारामले संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, सडक डिभिजन तुम्लिङटारको सिफारिसमा खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको हो ।

कालोसूचीमा राखिएको अवधिभर कम्पनीले कुनै पनि सार्वजनिक खरिदमा भाग लिन पाउँदैन । वहालवाला मन्त्री र उनको कम्पनी नै खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेपछि उनले नैतिकताका आधारमा राजीनामा गर्नुपर्ने हो । सुनौलो नेपालले यसअघि पनि सडक ठेक्का लिएर नबनाएपछि कालोसूचीमा पर्दै समाचार प्रकाशित गरिसकेको छ ।

अनुगमन कार्यालयले कान्छाराम र एनबी जेभीलाई कालोसूचीमा राखेको छ । कान्छाराम कन्ष्ट्रक्सन राज्यमन्त्री पूर्ण बहादुर तामाङको हो भने एनबी कन्स्ट्रक्सन रमिला लामाको हो ।

कार्तिक २१ गते बसेको बैठकले कान्छारामलगायत परियोजना अलपत्र पार्ने १३ कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको जनाएको छ । कान्छारामले सडक ठेक्का लिएर अलपत्र पारेपछि कालोसूचीमा राखेको कार्यालयले जनाएको छ ।

कान्छाराम क वर्गका ठेकेदार कम्पनी हो । पूर्णबहादुर नेपाली कांग्रेसबाट २०७९ मंसिर ४ गते भएको निर्वाचनमा रामेछापबाट निर्वाचित संघीय सांसद हुन् ।

यो पनि :

ऊर्जा राज्यमन्त्री तामाङको कान्छाराम कन्स्ट्रक्सनले बनायो सडक अलपत्र, ठेक्का तोडेर कालोसूचीमा राख्न तयारी

सडक अलपत्र पार्ने ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङसँग अझै साढे २ अर्बको ठेक्का

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट