२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

मितेरी सहकारी बचत हिनामिना प्रकरणमा गुरूङ र भण्डारीविरूद्ध रेड नोटिस जारी

शुक्रवार , कार्तिक २३, २०८१

काठमाडौं । ललितपुरको मितेरी सहकारीको करोडौं बचत हिनामिना गरेको आरोपमा व्यवस्थापक ज्योति गुरूङ र व्यवसायी ज्योतिबहादुर भण्डारीविरूद्ध इन्टरपोलबाट रेड कर्नर नोटिस जारी भएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) का अनुसार केही दिनअघि उनीहरूविरूद्ध रेड कर्नर नोटिस जारी भएको हो । प्रहरी प्रधान कार्यालय, नक्सालमा रहेको नेश्नल सेन्ट्रल ब्यूरो (एनसीबी)को सिफारिसका आधारमा इन्टरपोलको फ्रान्समा रहेको हेडक्वार्टरले दुईजनाविरुद्ध रेड नोटिस जारी गरेको हो ।

मितेरी सेभिङ एन्ड क्रेडिड कोओपरेटिभको १४ करोड ८१ लाख रुपैयाँ रकम हिनामिना भएको थियो ।

ज्योति गुरूङ नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङकी पूर्वपत्नी हुन् । आफूहरूबीच सम्बन्धविच्छेद भइसकेको उपसभापति गुरूङले बताउँदै आएका छन् ।

अर्का आरोपी ज्योतिबहादुर भण्डारी भने सहकारीका सदस्य पनि थिएनन् । तर, उनलाई ऋण प्रवाह गरेको भेटिएको छ ।

गुरुङ र बर्दिया घर भएका ज्योति भण्डारीले सहकारीको ३ करोड ४४ लाख रुपैयाँ अपचलन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ ।

यो सहकारीका अध्यक्ष कुम्मराज गुरूङ हुन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट