२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

रमदा इन्कोरको व्यापार बढ्दो, होटल यो वर्षदेखि नाफामा

सोमवार , कार्तिक २६, २०८१

काठमाडौँ । गत वर्षसम्म नोक्सानमा रहेको चारतारे स्तरको ठमेल प्लाजा होटल एन्ड स्विट्स लिमिटेड यो वर्षदेखि नाफामा गएको छ ।

आम्दानीमा भएको वृद्धिले गर्दा होटल सन् २०२४ मा १ करोड ९० लाख रुपैयाँ खुदनाफामा गएको छ । गत वर्ष २०२३ मा ठमेल प्लाजा नोक्सानमा थियो ।

पर्यटकको चहलपहल बढेपछि होटलको व्यापार १५ प्रतिशत बढेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ । २०२४ मा होटलको आम्दानी बढेर २७ करोड १० लाख रुपैयाँ पुगेको छ । २०२३ मा होटलले २३ करोड ६० लाख रुपैयाँ कारोबार गरेको थियो ।

२०२२ मा होटलले ११ करोड २० लाख रुपैयाँ मात्र व्यापार गरेको थियो । २०२१ मा होटलले २ करोड २० लाख रुपैयाँ मात्र व्यापार गरेको थियो । होटल २०२१ को जनवरीदेखि रमदा इन्कोरको ब्राण्डमा सञ्चालनमा आएको हो ।

२०२४ मा होटलको अकुपेन्सी दर बढेर ७२ प्रतिशत पुगेको छ । यस्तै यसअघि ६९ प्रतिशत अकुपेन्सी दर थयो । यस्तै कोठाको आम्दानी बढेर २६ सय ६५ रुपैयाँ पुगेको छ । २०२३ मा प्रतिकोठा आम्दानी २१ सय ५९ पुगेको थियो । कोठा बिक्रीका साथै फूड एन्ड बेभरेजबाट राम्रो आम्दानी भएको होटलले जनाएको छ । होटलको इबिटिडिए मार्जिन ५२ प्रतिशत छ ।

पर्यटकको चहलपहल बढेकाले होटलको आम्दानीमा सुधार भएको हो । होटल डालिया इन्भेस्टमेन्ट कम्पनी र गैरआवासीय नेपालीको लगानीमा रमदा इन्कोर वेनम काठमाडौंको व्यवस्थापनमा २०२१ को जनवरीदेखि सञ्चालनमा आएको छ ।

ठमेल प्लाजा अमेरिकाको रमदा इन्कोरको पहिलो नेपाली चेन होटल हो । होटलले डबल बि रेटिङ पाएको छ ।

राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा रहेको होटलमा १ अर्ब ३९ करोड ३० लाख रुपैयाँ लगानी भएको छ । प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्न होटल गत वर्ष पब्लिक लिमिटेडमा रुपान्तरण भएको छ ।

ठमेल प्लाजा २०१२ मा स्थापना भएको हो । होटल राजधानीको पर्यटकीय क्षेत्र ठमेलमा छ । १ हजार १ सय ७० वर्गमिटरमा फैलिएको होटलमा ९० वटा कोठा रहेका छन् ।

ठमेल प्लाजाले वेनदम होटल एसिया प्यासिफिक कम्पनी लिमिटेडसँग होटल व्यवस्थापन सम्झौता गरेको छ । रमदा इन्कोर ठमेल ब्राण्डमा होटल सञ्चालनमा छ ।

वेनदमले विश्वमा ६० मुलुकमा ८ सय ५० होटल सञ्चालन गरिरहेको छ ।

होटल ठमेल प्लाजाको मुख्य लगानीकर्ता जगन्नाथ ज्ञावली हुन् । उनको ५६ प्रतिशत हिस्सा रहेको छ ।

यो पनि : 

साढे २३ करोड कारोबार गरेको रमदा इन्कोर होटलको ऋण ८० करोड

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट