२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

तोलामा १ हजार घट्दै सुन १ लाख ६५ हजार पुग्यो

सोमवार , कार्तिक २६, २०८१

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आइतबार तोलामा ५ सय रुपैयाँ घटेको सुन आज सोमबार तोलामा १ हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँमा कारोबार भैरहेको छ । आइतबार सुन तोलामा १ लाख ६६ हजार रुपैयाँ थियो ।

यसअघि कात्तिक १५ गते सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँ घटेको छ । आइतबार प्रतितोला १ हजार ९ सय ६० रुपैयाँमा किनबेच भएको चाँदी आज सोमबार १ हजार ९ सय ५५ रुपैयाँमा पुगेको छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट