२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

काठमाडौंमा ‘फिन इलेक्ट्रो टेक २०२४’ हुँदै

सोमवार , कार्तिक २६, २०८१

काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा कात्तिक २९ देखि मंसिर २ गतेसम्म ‘फिन इलेक्ट्रो टेक २०२४’ हुने भएको छ ।

सोमबार महासंघले पत्रकार सम्मेलन गर्दै काठमाडौंको भृकुटीमण्डपमा कात्तिक २९ देखि मंसिर २ गतेसम्म ‘फिन इलेक्ट्रो टेक २०२४’ प्रदर्शनी गर्न लागेको जानकारी दिइएको हो ।

महासंघले विद्युत तथा विद्युतीय सामाग्रीहरुको व्यवसाय विकास एवं यस क्षेत्रसँग आवद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवद्र्धनका इलेक्ट्रीक तथा इलेक्ट्रोनिक्स सामग्रीहरुको अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी गर्न लागिएको महासंघका अध्यक्ष रेशमप्रसाद देवकोटाले बताए ।

उनले आम उपभोक्तालाई नविनतम र गुणस्तरीय सामग्री प्रयोगमा जनचेतना जगाउने उद्देश्यका साथ “प्रविधिको नयाँ आयाम, विद्युतीय सामग्रीमा सुरक्षा र गुणस्तर कायम” को नाराका साथ प्रदर्शनी गर्न लागेको बताए ।

उनले प्रदर्शनीमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रीक, इलेक्ट्रोनिक्स,सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक उर्जा उद्यमीहरूलाई एकै स्थानमा जमघट गराई व्यवसायिक प्रवद्र्धन गर्नुको साथै उद्योगमा भएका नविनतम उपलब्धीहरुबारे सूचना आदान–प्रदान गरिने बताए ।

उनले उद्योगी, व्यवसायी एवं उद्यमीहरू माझ अनुकुल व्यवसायिक वातावरणको सम्भावनालाई प्रस्तुत गर्नुको साथै उपभोक्ता हकहित सम्बन्धी जन चेतनामुलक कार्यक्रमहरु प्रदर्शनी अवधीभर सञ्चालन गरिने बताए । उनले प्रदर्शनीमा २८ वटा स्टलहरु र हल बाहिर पनि २६ स्टलहरु रहने बताए ।

उनले प्रदर्शनीमा नेपाली उत्पादन लगायत बहुराष्ट्रिय कम्पनीहरुको उत्पादनहरु, ट्रान्समिसन तथा डिष्ट्रिव्युसन सामग्री, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ्ग सामग्री, वायर, केबुल एवं कण्डक्टर, अत्याधुनिक प्रकारका स्वीचहरु, एलिडी लाइटिङ्ग, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक उर्जा तथा अन्य विद्युतीय सामग्रीको प्रदर्शन गरिने बताए ।

उनले प्रदर्शनीमा स्वदेशी उत्पादन लगायत भारत, चिन, जापान, ताइवान, फ्रान्स, स्पेन, मलेसिया, जर्मनी, इटाली, अष्ट्रेलिया आदिका विभिन्न इलेक्ट्रीक तथा इलेक्ट्रोनिक्स सम्बन्धी उत्पादनहरु प्रदर्शनमा रहने बताए ।

उनले ५० हजार भन्दा बढीले प्रदर्शनीको अवलोकन गर्ने लक्ष्य रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट