२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

कतार एयरवेजले आजदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडान भर्ने

मंगलवार , कार्तिक २७, २०८१

काठमाडौं । कतार एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान भर्ने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार उक्त एयरलाइन्सले आजदेखि उडान भर्न लागेको हो ।

दोहाबाट आएको जहाज दिउँसो पौने ३ बजे भैरहवामा अवतरण गर्नेछ । यस्तै पौने ५ बजे भैरहवाबाट काठमाडौं र साँझ ६ः५५ बजे कतारका लागि उडान गर्नेछ ।

अब कतारले दैनिक दुई उडान काठमाडौं र एउटा भैरहवाबाट गर्नेछ । कतार एयरवेजको भैरहवाका लागि ३० नोभेम्बरसम्म दैनिक एक उडानको तालिका निर्धारण गरिएको छ ।

कतार एयरवेजसहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने हवाई कम्पनीको सङ्ख्या पाँच पुगेको छ ।

विमानस्थलमा यसअघि नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), जजीरा एयर र फ्लाइ दुबईले अन्तर्राष्ट्रिय उडान सञ्चालन गरिरहेका छन् ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट