२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

निजी क्षेत्रले स्वतस्फूर्त रुपमा काम गर्न नपाएसम्म पूर्वाधारको विकास असम्भव : अध्यक्ष ढकाल

मंगलवार , कार्तिक २७, २०८१

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले केही व्यक्ति र सानो समूहको आयोजनालाई विरोध गर्ने लहडले लगानीकर्ताहरुमा निराशा छाएको बताएका छन् ।

गण्डकी प्रदेशले गैँडाकोटमा आयोजना गरेको महोत्सवलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ढकालले भने, ‘कतिपय हाम्रा आयोजनाहरु वास्तवमा हामीहरुले मेहनत गरेर लगानी जुटाएर सञ्चालन गर्छौँ तर केही व्यक्ति र समूहको सानो लहडले त्यो आयोजनाको विरोध गरेर लगानीकर्ताहरुलाई हतोत्साही गर्ने गरिएको छ । जबसम्म लगानीकर्ताहरुलाई प्रमोट गरिँदैन त्यस्तो कार्यले केवल पछुतो मात्र गराउँछ ।' उनले निजी क्षेत्रले स्वतस्फूर्त रुपमा काम गर्न नपाएको गुनासो गरे ।

उनले भने,‘ जबसम्म निजी क्षेत्रलाई इन्करेज हुन सक्दैन, निजी क्षेत्रले स्वतस्फूर्त रुपमा व्यवसायिक क्रियाकलापहरु बढाउन सक्दैन, तबसम्म रोजगारी सिर्जना गर्ने कुरा, रेभिन्यू बढाउने र पूर्वाधार विकास गर्ने काम असम्भव छ । विकसिशत देशहरुको उदाहण हेर्ने हो भने ती देशहरुमा धेरै प्राथमिकताका साथ निजी क्षेत्रलाई प्रमोट गरिन्छ ।’

नेपालमा पनि निजी क्षेत्रको गतिविधि बढाउनका लागि प्रदेश देखि केन्द्र सरकारसम्म सहजीकरण हुनसक्यो भने छोटो समयमा धेरै काम गर्न सक्ने सम्भावना रहेको उनले बताए ।

कोभिड पछाडि खुम्चिएको नेपालको आर्थिक गतिविधिलाई बढाउनका लागि नेपाल उद्योग वाणिज्य महासंघले धेरै गतिविधि गरेको र विदेशी लगानी भित्र्याउन पहल गरेको जानकारी गराए । उनले भने, ‘सरकारसँग मिलेर लगानी सम्मेलनको कुरा भनौँ, चाहे नेपाल सरकारसँग मिलेर हाम्रो भइरहेका पुराना कानून परिवर्तनका कुरा भनौँ, चाहे लगानी जुटाउने हिसाबमा भारतमा लगानी सम्मेलनको भनौँ या चीन, दुबईमा भएको लगानी सम्मेलनको कुरा गरौँ । हामी विभिन्न देशहरुमा गएर खास गरेर वैदेशिक लगानीलाई भित्र्याउने हिसाबले हामीले धेरै गतिविधि गर्दै आएका छौँ ।’

महोत्सवलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ढकालले गण्डकी पर्यटन, कृषि, उत्पादनशील क्षेत्रको हिसाबले धेरै सम्भावना बोकेको प्रदेश भएको बताए । छोटो समयमा व्यवसायिक गतिविधि बढाएर रोजगारी सिर्जना गरी पूर्वाधार विकास गरेर साँच्चै समृद्ध प्रदेशको रुपमा अगाडि बढाउन सकिने उनको भनाई छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट