२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

सानीभेरी–३ अर्धजलासय आयोजना बन्दै, पाँच वर्षमा सक्ने लक्ष्य

बुधवार , कार्तिक २८, २०८१

काठमाडौं । निजी लगानीमा ४६.७२ मेगावाटको सानीभेरी–३ अर्धजलासय आयोजना बन्ने भएको छ । आयोजना सानी भेरी हाइड्रोपावर कम्पनीले बनाउन लागेको हो ।

आयोजनाबाट विद्युत उत्पादन गर्न कम्पनीले विद्युत विकास विभागमा निवेदन दिएको छ । ३५ दिनपछि विभागले कम्पनीलाई सानीभेरी आयोजनाबाट बिजुली उत्पादन गर्न अनुमतिपत्र (लाइसेन्स) दिने भएको छ ।

प्रस्तावित आयोजनाबाट वार्षिक २५ करोड १९ लाख ८० हजार युनिट बिजुली उत्पादन हुने कम्पनीले तयार पारेको विस्तृत इन्जिनियरिङ प्रतिवेदनले देखाएको छ । आयोजनाले २०२९ को मे १० देखि अर्थात चार वर्षपछि बिजुली उत्पादन थाल्ने विकासकर्ता कम्पनी सानीभेरीले जनाएको छ ।

आयोजनामा पानीको वहाव प्रतिसेकेन्ड ५३ घनमिटर रहेको छ भने कूल हेड १ सय १० मिटर छ । विद्युतगृहमा १६ मेगावाट क्षमताका तीनवटा भर्टिकल एक्सिस फ्रान्सिस टवाईन जडान गरिने भएको छ । कम्पनीले आयोजनाको वातावरणीय प्रभाव मूल्याँकन(इआइए) तयार पारेको छ ।

आयोजनाको मुख्य संरचना रुकुम पूर्वको सिस्ने गाउँपालिका र मुसिकोट नगरपालिकामा रहेको छ । आयोजनाको संरचना सानीभेरी नदीको वाँया किनारामा छ ।

आयोजनाको मुख्य बाँधको लम्बाइ ३५ मिटर र उचाइ १८.५ मिटर रहेको कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट