बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

सर्वसाधारणले पनि पहिला ठूला उद्योगीको बक्यौता उठाउनुस् अनि हामीकहाँ आउनुस् भन्न थाले : घिसिङ

सर्वसाधारणले पनि पहिला ठूला उद्योगीको बक्यौता उठाउनुस् अनि हामीकहाँ आउनुस् भन्न थाले : घिसिङ

कार्यकारी निर्देशक घिसिङ-पत्रकार सम्मेलन काठमाडौँ, २५ साउन : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफ्नो कार्यकाल तीन वर्ष पूरा भएको अवसरमा शुक्रबार नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यालयको सभाहलमा आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा मन्तव्य राख्दै। तस्बिर : प्रदीपराज वन्त/रासस

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगीले बक्यौता तिर्न अटेर गर्दा सर्वसाधारणको पनि बक्यौता तिर्न छाडेको बताएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले उद्योगीले महसुल नतिर्दा सर्वसाधारणले पनि महसुल तिर्न आनाकानी गर्न थालेको बताए । यसकारण प्राधिकरणको मासिक कलेक्सन घट्न थालेको पनि उनले बताए ।

उनले भने, ‘उद्योगीले अटेर गर्ने अनि लाइन जोड्न विभिन्न निर्णयहरू भइरहेको छ । त्यसको कारणले प्रत्येक महिना उठ्नुपर्ने अरू महसुल पनि कम उठ्न थाल्यो । सर्वसाधारणले पनि पहिला ठूला उद्योगीको बक्यौता उठाउनुस् अनि हामीकहाँ आउनुस् भन्न थाले ।’

उनले कुनै पनि हालतमा डेडिकेटेड र ट्रंकलाइन प्रयोग गरेबापत उद्योगीले तिर्नुपर्ने बक्यौता महसुल उठाएरै छाड्ने पनि बताए ।

यो पनि :

उद्योगीहरूले १५ दिनभित्र बिल नतिरे फेरि लाइन काट्छु : कुलमान घिसिङ

उद्योगहरूले बक्यौता तिर्ने भन्दा पनि झन् विवादित र राजनीतिकरण गर्ने काम गरे : घिसिङ

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend