सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

रुपन्देहीमा रवि लामिछानेको बयान सकियो

रुपन्देहीमा रवि लामिछानेको बयान सकियो

बुटवल । सहकारीको रकम ठगी गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान सकिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा मंगलबारदेखि सरु भएको बयान आज बुधबार सकिएको हो ।

पूर्वगृहमन्त्री लामिछानेलाई मंगलबार पहिलो दिन प्रारम्भिक बयान लिइएको थियो । बुधबार दोस्रो दिन बयानलाई निरन्तरता दिएको हो ।

बुटवलको सुप्रिम सहकारी बचत ठगी गरेको आरोपमा बयानका लागि रविलाई कास्कीबाट रुपन्देही ल्याइएको थियो ।

रुपन्देही जिल्ला अदालतले रवि लामिछाने र छविलाल जोशीसहित १२ जनाविरुद्ध यसअघि नै पक्राउ पूर्जी जारी गरिसकेको छ । प्रहरीले बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गरिरहेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend