logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • १ अर्ब ६० करोड कर नतिर्ने १४६ व्यवसायी कालोसूचीमा, बैंक खाता रोक्का

    १ अर्ब ६० करोड कर नतिर्ने १४६ व्यवसायी कालोसूचीमा, बैंक खाता रोक्का

    973
    Shares
    १ अर्ब ६० करोड कर नतिर्ने १४६ व्यवसायी कालोसूचीमा, बैंक खाता रोक्का

    चितवन,। आन्तरिक राजस्व कार्यालय भरतपुरले एक सय ४६ करदाताको बैंक खाता रोक्का गरेको छ । कार्यालयले एक लाख रुपैयाँ भन्दा बढी बक्यौता हुने ती करदातालाई कालोसूचीमा राखेर उनीहरुको बैंक खाता रोक्का गरेको हो ।

    कार्यालयका सूचना अधिकारी एवं कर अधिकृत विमल पौडेलका अनुसार कालोसूचीमा राखिएका करदातालाई पत्राचार गर्ने, सम्पर्क गर्ने, सूचना जारी गर्दासमेत सम्पर्कमा नआएपछि उनीहरुको बैंक खाता रोक्का गरिएको हो ।

    कार्यालयमा रहेका करदतामध्ये चार सय ९५ करदाताले मूल्य अभिवृद्धि करको ६५ करोड ९७ लाख बक्यौता तिर्न बाँकी छ । त्यस्तै आयकरतर्फ तीन सय २३ करदाताले ९४ करोड बक्यौता तिर्न बाँकी रहेको उनले बताए । कार्यालयमा हाल मूल्य अभिवृद्धि करतर्फ १० हजार चार सय करदाता छन् भने जम्मा करदाता ५८ हजार चार सय ५५ रहेको पौडेलले जानकारी दिए ।

    पौडेलका अनुसार कार्यालयले चालु आर्थिक वर्षमा छ अर्ब ६२ करोड राजस्व सङ्कलन गरेको छ । जुन लक्ष्यको ८८ दशमलब ३६ प्रतिशत हो ।

    सूचना अधिकारी पौडेलका अनुसार राजस्व विभागले चालु आवको कात्तिक मसान्तसम्ममा सात अर्ब ६६ करोड ५९ हजार रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य दिएको थियो । चाडपर्व, व्यावसायिक गतिविधिमा कमी, कर सहभागितामा कमीलगायतका कारण लक्ष्यअनुसार राजस्व सङ्कलनमा कमी आएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend