logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • बुटवल-नारायणगढ सडकको ठेक्का तोडेर मन्त्रालय अघि बढ्छ : भौतिकमन्त्री दाहाल

    बुटवल-नारायणगढ सडकको ठेक्का तोडेर मन्त्रालय अघि बढ्छ : भौतिकमन्त्री दाहाल

    623
    Shares
    बुटवल-नारायणगढ सडकको ठेक्का तोडेर मन्त्रालय अघि बढ्छ : भौतिकमन्त्री दाहाल

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले प्रधानमन्त्रीको निर्देशनको आधारमा बुटवल–नारायणगढ सडकको ठेक्का तोडेर मन्त्रालय अघि बढ्ने बताएका छन् ।

    बिहीबार नारायणगढ–बुटवल सडकखण्ड क्षेत्रमा पर्ने जिल्लाका जनप्रतिनिधिहरुले निर्माण कार्यमा लापरवाही भएको विषयमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझ्ने कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

    उनले मन्त्रालयले बुटवल–नारायणगढ सडक निर्माण कम्पनीलाई लक्ष्य निर्धारण गरेर तिहारपछिबाट काम गर्ने निर्देशन दिएपनि काम अहिलेसम्म थालनी नभएको बताए । उनले एडिबीको ऋणबाट सञ्चालित आयोजना भएकाले चीनमा निर्माण कम्पनीको कार्यालयमा गएर ताकेता समेत गरिएको बताए । उनले समयमा ठेक्का सम्झौताअनुसार काम सक्न बारम्बार भन्दै आएको बताए ।

    उनले पछिल्लो पटक निर्माण कम्पनीको अधिकार सम्पन्न व्यक्तिले डिसेम्बरको अन्तिमसम्ममा काम शुरु गर्ने एसएमएस पठाएको बताए ।

    उनले भने, ‘मन्त्रालयले बुटवल–नारायणगढ सडक निर्माण कम्पनीलाई लक्ष्य निर्धारण गरेर तिहारपछिबाट काम गर्ने निर्देशन दिएका थियौं । तर काम थालनी भएको छैन । एडिबीको ऋणबाट सञ्चालित आयोजना भएकाले चीनमा गएर निर्माण कम्पनीको कार्यालयमा गएर ताकेता समेत गर्यौं । निर्माण कम्पनी ७ अर्ब रकम पठाएकाले अब पठाउन सक्दैनौं भनिरहेको थियो ।

    सरकारले भुक्तानी दिने काममा तलमाथि गरेका छैनौ । समयमा ठेक्का सम्झौताअनुसार काम सक्न बारम्बार भन्दै आएका छौँ । तर पनि काम शुरु भएको छैन । पछिल्लो पटक निर्माण कम्पनीको अधिकार सम्पन्न व्यक्तिले एसएमएस पठाएको छ ।

    डिसेम्बरको अन्तिमसम्ममा काम शुरु गर्छौं । भनेको छ । त्यसमा विश्वास गर्ने कि नगर्ने अवस्था छ । डिसेम्बरबाट सडक निर्माणको काम थलनी गरेको अवस्थामा त्यही निर्माण कम्पनीलाई काम गर्ने दिने भनेर तयारी छ । काम थलनी गर्ने र काम गर्ने सरकारलाई विश्वास लागेको छैन । अब निर्णय गर्ने ठाउँमा पुगेका छौँ ।’

    उनले डिसेम्बरबाट सडक निर्माणको काम थलनी गरेको अवस्थामा भने त्यही निर्माण कम्पनीलाई काम गर्ने दिने तयारी मन्त्रालयले गरेको पनि बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend