२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

रुपन्देहीमा रवि लामिछानेको बयान सकियो, आजै पोखरा पठाइने

बिहिवार , कार्तिक २९, २०८१

बुटवल । सहकारीको रकम ठगी गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान सकिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा मंगलबारदेखि सरु भएको तीन दिनको बयान आज सकिएको हो ।

उनलाई आजै पोखरा पठाइने भएको छ । २६ दिनदेखि सहकारी ठगी र संगठित अपराध कसुरमा अनुसन्धानका लागि कास्की प्रहरी हिरासतमा रहेका उनलाई मंगलबार रूपन्देही ल्याइएको थियो ।

पूर्वगृहमन्त्री लामिछानेलाई मंगलबार पहिलो दिन प्रारम्भिक बयान लिइएको थियो । त्यसपछि दोस्रो र तेस्रो दिन बयानलाई निरन्तरता दिएको हो ।

बुटवलको सुप्रिम सहकारी बचत ठगी गरेको आरोपमा बयानका लागि रविलाई कास्कीबाट रुपन्देही ल्याइएको थियो ।

रुपन्देही जिल्ला अदालतले रवि लामिछाने र छविलाल जोशीसहित १२ जनाविरुद्ध यसअघि नै पक्राउ पूर्जी जारी गरिसकेको छ । प्रहरीले बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट