२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

सुन तोलामा १ सय बढ्यो, यस्तो छ आजको बजार मूल्य

शुक्रवार , कार्तिक ३०, २०८१

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य १ सय रुपैयाँले बढेको छ ।

विगत १५ दिनमा ११ हजार घटेको सुनको मूल्य आज शुक्रबार भने तोलामा १ सय रुपैयाँ बढेको हो । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदी प्रतितोला १ हजार ९ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसअघि गत कात्तिक १५ गते लक्ष्मीपूजाको दिनको सुनको मूल्य हालसम्मकै उच्च एक लाख ७१ हजारसम्म पुगेको थियो ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट