२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

ठेक्का लिएर आयोजना अलपत्र पार्ने ऊर्जा राज्यमन्त्री तामाङलाई सांसदको प्रश्नै प्रश्न

शुक्रवार , कार्तिक ३०, २०८१

काठमाडौं । ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङको निर्माण कम्पनी कान्छाराम कन्ष्ट्रक्सन प्रालिले ठेक्का लिएर समयमै काम नगरेपछि प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा कुरा उठेको छ ।

राज्यमन्त्री तामाङको कान्छाराम कन्ष्ट्रक्सनलाई ठेक्का लिएर काम नगरी आयोजना अलपत्र पारेपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले साढे २ वर्षका लागि कालोसूचीमा राखेको छ ।

समितिको शुक्रबार बसेको बैठकमा नेपाली कांग्रेसका सांसद तथा महामन्त्री विश्वप्रकाश शर्मा र नेकपा एमालेका सांसद रघुजी पन्तले तामाङको निर्माण कम्पनीका बारेमा कुरा उठाएका थिए । त्यसबेला राज्यमन्त्री तामाङसँग सांसद शर्मा र पन्तबीच सवाल जवाफ भएको थियो ।

भ्रष्टाचार निवारण ऐन संशोधन सम्बन्धी राज्य व्यवस्था समितिमा शुक्रबार भएको छलफलमा महामन्त्री विश्वप्रकाश शर्माले रामेछाप कांग्रेसको सभापति समेत रहेका राज्यमन्त्री तामाङको कम्पनी कालोसूचीमा गएको विषयमा प्रश्न उठाएका थिए ।

महामन्त्री शर्माले ऊर्जा राज्य मन्त्रीको कम्पनी कालोसूचीमा परेको कुरा आएको भन्दै राज्य मन्त्रीले स्पष्ट पार्नुपर्ने माग गरे । राज्यमन्त्री तामाङले महामन्त्री शर्माको प्रश्नको जवाफ दिँदै ‘कान्छाराम कन्स्ट्रक्शन’कम्पनीसँगको आवद्धता साढे दुई वर्ष अगाडि नै छाडेको स्पष्टिकरण दिए । उनले पार्टीले विश्वास गरेर पठाएर नै कानूनअनुसार राज्यमन्त्री भएको उल्लेख गरे ।

उनले देशको कानूनले आवद्धता नभएको कम्पनी कालोसूचीमा पर्दा मन्त्री छाडेर पुरानै पेशमा फर्कनसक्ने बताए ।

उनले भने, ‘कान्छाराम कन्स्टङक्सन प्रालिमा मैले दुई वर्षअघि सांसदको टिकट पाएपछि बाहिर निस्केर बसेको व्यक्ति हौं । म अहिले पार्टीले पठाएर अहिले सरकारको ऊर्जा राज्यमन्त्री छु । कानून भन्दा ठूलो केही छैन । कानूनले भन्छ भने एक मिनेटमा मन्त्रीबाट छाडेर पेशा र व्यवसाय र परिवारसँग काम गर्न तयारी छु ।

पार्टीको महामन्त्री विश्वप्रकाश शर्माज्युले प्रश्न उठाउनु भयो । मेरो कम्पनी २०४४ साल माघ १९ मा दर्ता गरेको हो । साढे दुई वर्ष त्यो पेशा छाडेर बाहिर छु । २०७९को सांसदको टिकट पाउनु भन्दा पहिला कम्पनीबाट निस्केको छु । अहिले कानून नीति नियम र नेपालको संविधानले कम्पनीमा आवद्धता ठहर भयो भने राजनीतिबाट बाहिर जान तयार छु ।’

उनले २०७९ को सांसदको टिकट पाउनु भन्दा पहिला कम्पनीबाट निस्केको बताए । उनले कानून, नीति नियम र नेपालको संविधानले कम्पनीमा आवद्धता ठहर भए राजनीतिबाट बाहिर जान तयार रहेको बताए । उनले समितिमा बोल्दै भ्रष्टाचार निवारण ऐनको संशोधनमा अख्तियारमा उजुरी दिन नागरिकताको फोटोकपी अनिवार्य गर्न माग समेत गरे ।

यस्तै एमालेका सांसद रघुजी पन्तले अहिलेसम्म के भएको हो त्यसमा राज्यमन्त्री जिम्मेवार रहनुपर्ने भनेका थिए । राज्यमन्त्री तामाङले राज्यको नीति नियमअनुसार करोडौं सम्पत्ति धरौटीमा राखेर काम गरिराखेको बताएका थिए ।

कान्छाराम ‘क’ वर्गका ठेकेदार कम्पनी हो । पूर्णबहादुर नेपाली कांग्रेसबाट २०७९ मंसिर ४ गते भएको निर्वाचनमा रामेछापबाट निर्वाचित संघीय सांसद हुन् ।

याे पनि :

ऊर्जा राज्यमन्त्री तामाङको कान्छाराम कन्ष्ट्रक्सन साढे २ वर्ष कालोसूचीमा, सरकारी ठेक्कामा भाग लिन नपाउने

ऊर्जा राज्यमन्त्री तामाङको कान्छाराम कन्स्ट्रक्सनले बनायो सडक अलपत्र, ठेक्का तोडेर कालोसूचीमा राख्न तयारी

सडक अलपत्र पार्ने ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङसँग अझै साढे २ अर्बको ठेक्का

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट