२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

सर्वाधिक कर तिर्ने कम्पनी बन्यो नेपाल टेलिकम, व्यक्तिमा मदिरा व्यवसायी राजबहादुर शाह

शनिवार , मंसिर १, २०८१

काठमाडौँ । सरकारले सबैभन्दा बढी कर बुझाउने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरेको छ। कर दिवसको अवसर पारेर आन्तरिक राजस्व विभागले बढी कर बुझाउने व्यक्ति तथा संस्थालाई सम्मान गरेको हो ।

आर्थिक वर्ष २०७९/८० को आय विवरणअनुसार विभिन्न विधामा सर्वाधिक कर तिर्ने १६ कम्पनी र व्यक्तिलाई अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज काठमाडौैँमा आयोजित एक कार्यक्रमका बीच सम्मान गरेका छन्।

व्यक्तितर्फ सबैभन्दा धेरै कर तिर्नेमा जावलाखेल ग्रुप अफ कम्पनीजका अध्यक्ष राजबहादुर शाह सम्मानित भएका छन् । शाहले पछिल्लो तीन वर्ष लगातार बढी आयकर बुझाउने व्यक्तिको सम्मान पाउँदै आएका छन् । उनी मदिरा व्यवसायी हुन् । यस्तै सर्वाधिक कर तिर्ने कम्पनीमा सरकारी स्वामित्वको नेपाल टेलिकम रहेको छ ।

संस्थागतर्फ बढी कर बुझाउने कम्पनीतर्फ गत वर्ष पनि सरकारी स्वामित्वको नेपाल टेलिकम नै रहेको थियो भने यस वर्ष पनि टेलिकम सर्वाधिक कर तिर्ने कम्पनी बन्दै पुरस्कृत भएको छ । यो सँगै नेपाल टेलिकम ३ वर्षदेखि सर्वाधिक कर तिर्ने कम्पनीबाट सम्मानित भएको छ । सबैभन्दा बढी आयकर तिर्ने नेपाल टेलिकम हो एकलौटी फर्म श्रुती ट्रेडर्स रहेको विभागले जनाएको छ ।

वस्तु व्यापारमा बढी कर बुझाउनेमा भाटभटेनी सुपरमार्केट रहँदा पर्यटनमा तारागाउँ रिजेन्सी होटल र स्वास्थ तथा शिक्षामा लुम्बिनी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल रहेका छन् ।

वार्षिक कारोबार ५० देखि बढीमा १ अर्ब रुपैयाँ कारोबार गर्ने करदाताहरुमध्ये सरकार स्वामित्वको सिडिएस एण्ड क्लियरिङ लिमिटेड, ऊर्जामूलक उद्योगमध्ये भोटेकोशी पावर कम्पनी, रेमिट्यान्स तथा मनी ट्रान्सफरतर्फ सिटी एक्सप्रेस र मूल्य अभिवृद्धि कर विवरण र सो बमोजिम कर समयमै दाखिला गरी नियमित कर सहभागिता जनाएका करदातामध्ये होङ्सी शिवम् सिमेन्ट प्रालि सम्मानित भएका छन् ।

निर्यात कारोबारमा डाबर नेपाल प्रालि, कृषि एवम् पशुजन्यमा पतन्जली आयुर्वेद प्रालि, बैंक तथा वित्तीय संस्थामा नबिल बैंक छ। सूचना प्रविधिसम्बन्धी निर्यात कारोबार गर्नेमा कोडावतार टेक प्रालि छ।

सरकारले वर्षेनी बढी कर तिर्ने व्यक्ति तथा संस्थालाई सम्मान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट