२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

चितवन राइनोजले सार्वजनिक गर्‍यो जर्सी, मस्कट र एन्थेम

मंगलवार , मंसिर ४, २०८१

चितवन । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको एउटा टिम चितवन राइनोजले सोमबार भरतपुरमा एक कार्यक्रमबीच जर्सी, मस्कट र एन्थेम सार्वजनिक गरेको छ ।

कार्यक्रममा भरतपुर महानगरकी मेयर रेनु दाहालले चितवन राइनोजलाई जितका लागि शुभकामना दिइन् । उनले भनिन्, ‘भरतपुर महानगर यो टिमको साथमा छ । चितवन राइनोजलाई अभिभावकत्व प्रदान गर्नेछौँ ।’

खेलाडी कुशल मल्लले खेल मैदानमा राम्रो नतिजा दिन आफूहरू प्रयासरत रहने प्रतिवद्धता जनाए । चितवन नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली चितवन राइनोजले पनि जर्सी र एन्थम सार्वजनिक गरेको छ ।

सोमबार साँझ आयोजित एक कार्यक्रमकाबीच भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, चितवन मेडिकल कलेजका प्रबन्ध निर्देशक डा हरिशचन्द्र न्यौपाने, चितवन राइनोज क्लबका अध्यक्ष आयुष न्यौपाने, टिम प्रशिक्षक उमेश पटयाल, मार्की खेलाडी कुशल मल्लसहितका खेलाडीहरूले जर्सीसहित मस्कट र टिम एन्थम सार्वजनिक गरेका हुन् ।

मेयर दाहालले एनपीएलमा चितवन राइनोजको सशक्त उपस्थिति रहनेमा आफू विश्वस्त रहेको बताइन् । यस्तै चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेले स्थानीय र क्षेत्रीय तहको क्रिकेटलाई माथि पुर्याउन एनपीएलले राम्रो वातावरण बनाउने बताए ।

यो टिममा कुशल मल्ल, अमर सिंह रौतेला, विपिन रावल, दिपक बोहरा, दिपेश श्रेष्ठ, गौतम केसी, कमल सिंह ऐरी, रञ्जित कुमार, रिजन ढकाल, सन्तोष कार्की, शरद भेस्वाकर छन्।

टिमले विदेशी खेलाडीहरु रवि बोपरा, मर्साँडी लङ्गा, ल्यूक मार्टिन बेनकेन्स्टाइन, हसन इसाखिल, जान निकोल लोफ्टी–इटनलाई पनि समावेश गरेको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट