logo

२०८१ मंसिर ६ बिहिबार

logo
  • बिहिबार, ६ मंसिर २०८१
  • क्रिकेटर पूजा महतोका बाबु भन्छन् : ‘पूजा देशकी छोरी हुन्, आर्शिवाद र माया दिनुहोला’

    क्रिकेटर पूजा महतोका बाबु भन्छन् : ‘पूजा देशकी छोरी हुन्, आर्शिवाद र माया दिनुहोला’

    420
    Shares
    क्रिकेटर पूजा महतोका बाबु भन्छन् : ‘पूजा देशकी छोरी हुन्, आर्शिवाद र माया दिनुहोला’

    महोत्तरी । यु–१९ नेपाली महिला क्रिकेट टिमकी कप्तान पूजा महतोका बाबु रञ्जित महतोले आफ्नी छोरीले देशका लागि केही गर्दैछन् भन्ने विश्वास जागेको बताएका छन् ।

    उनले नेपाली क्रिकेट महिला टिमको यो सफलतामा आम रुपमा व्यक्त चासोले आफ्नी छोरीले देशका लागि केही गर्दैछन् भन्ने विश्वास जागेको बताएका हुन् “पूजा अब देशकी छोरी हुन्, यिनलाई तपाईंहरुको आर्शिवाद र माया सधैँ आवश्यक पर्दछ”, उनले भने, “यिनले देशको नाम विश्वसम्म परिचित गराउने विश्वास हामीले लिएका छौँ ।”

    सोमबार पैत्रिक नगरमा आयोजित शोभायात्रामा रञ्जितले यस्तो भनेका हुन् । हालै यु–१९ अन्तर्गत टी–२० एसिया कप छनोट प्रतियोगिता जितेर विश्वकपमा छनोट भएको उक्त टोलीकी कप्तान पूजाको जिल्लाको गौशाला नगरपालिका तथा स्थानीयले शोभायात्रा गराएका थिए ।

    गौशाला–९ की कप्तान पूजा, उनका पिता रञ्जित महतो, बाजेबज्यै र परिवारका अन्यसदस्यलाई सजाइएको सवारीमा राखेर नगर परिक्रमा गराइएको थियो । पूजाको शोभायात्रामा गौशाला–२ घर भएका प्रतिनिधिसभाका सांसद लक्ष्मी महतो, नगरप्रमुख डा दीपेन्द्र महतो, स्थानीय जनप्रतिनिधि, स्थानीयबासिन्दालगायत सहभागी थिए।

    आफ्नो टिमको सफलताप्रति सबै क्षेत्रबाट प्राप्त हौसला र चासोले आगामी खेलमा उत्कृष्टता देखाउन प्रेरणा मिलेको पूजाले बताइन् । “युएईमा छनोट प्रतिस्पर्धामा सहभागी भइरहँदा सम्पूर्ण नेपालीले हामीलाई हेर्दैहुनुहुन्छ भन्ने विश्वास थियो । यही विश्वास र हौसलाले हामीलाई उत्कृष्ट खेल प्रदर्शन गर्न उत्साहित बनाएको हो”, उनले भनिन्, “विश्वकपको उपाधि जित्नु अबको हाम्रो लक्ष्य हो ।”

    रञ्जितका तीन छोरी र एक छोरासहित चार सन्तानमा जेठी छोरी अञ्जुबाहेक सबै क्रिकेट खेलाडी हुन् । माहिली छोरी पूजाको सफलताले कान्छी आरती र सबैभन्दा कान्छा छोरा कृष्ण पनि खेलप्रति थप उत्साहित र आशावादी भएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend