२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

पक्राउ परेका दुर्गा प्रसाईंलाई अदालत लैजाँदै सिआइबी

मंगलवार , मंसिर ४, २०८१

काठमाडौं । साइबर अपराधमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले अनुसन्धानका लागि म्याद थप गर्न काठमार्डौ जिल्ला अदालत लैजाने भएको छ ।

पक्राउ गरेर ल्यासकेको र अनुसन्धानका लागि म्याद थप गर्न उनलाई अदालतमा लैजाने तयारी भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) का प्रवक्ता एसपी हबिन्द्र बोगटीले सुनौलो नेपाललाई बताए । उनलाई सिआइबीको टोलीले प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो । उनलाई साइबर अपराध मुद्दामा पक्राउ गरिएको एसपी बोगटीले जानकारी दिए ।

सोमबार मात्र प्रसाईंले ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेका थिए । प्रसाईंले कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको साढे ३२ अर्ब लगानी रहेको भन्दै भिडिओ कलमार्फत् कसैले देखाएको कागजात सार्वजनिक गरेका थिए । सोही आरोपमा उनलाई पक्राउ गरिएको हो ।

यसअघि पनि साइबर अपराधको मुद्दामा प्रसाईंलाई असोज ५ गते साइबर व्युरोको टोलीले पक्राउ गरेको थियो । उनी काठमाडौं जिल्ला अदालतमा १ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।

यो पनि :

व्यवसायी दुर्गा प्रसाईं पक्राउ

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट