२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

विराटनगर किंग्सले सार्वजनिक गर्‍यो जर्सी र एन्थम

बुधवार , मंसिर ५, २०८१

विराटनगर । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी हुने जर्सी सार्वजनिक गरेको छ ।

मंगलबार कोशी प्रदेशको राजधानी विराटनगरमा एक समारोहकाबीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, मार्की खेलाडी सन्दिप लामिछाने , टिम मालिक पारस लुनिया लगायतको उपस्थितिमा जर्सी सार्वजनिक गरिएको हो ।

जर्सिको कलर पहेँलो र निलो रहेको छ । जर्सी संगै कार्यक्रममा टिमको ऐन्थम गित समेत सार्वजनिक गरिएको थियो। भ्वाइस अफ विराटनगर किंग्स तथा एम्बासिडर समेत रहेका कुशल पोखरेलले उक्त रचना तयार पारेका हुन् । विराटनगर किंग्सको गित र्याप फर्म्याटमा रहेको छ ।

यसका साथै विराटनगर किंग्सको फेसमा गायिका रचना रिमाललाई घोषणा गरिएको छ । पुर्बेली गायिका रिमाल क्रिकेटको ठुलो समर्थक हुन् ।

कार्यक्रममा नेपाली अन्डर १९ महिला क्रिकेट टिमलाई विश्वकप यात्रा दिलाउन सफल कोच महेश प्रसाद रिजाल र खेलाडी रिया शर्मालाई समेत सम्मानित गरिएको थियो ।

कार्यक्रममा कोशी प्रदेशका ५ जिल्लामा रहेका क्रिकेट संघहरुलाई क्रिकेट किट समेत प्रदान गरिएको थियो । ग्रासरुटका खेलाडीहरुको क्रिकेट विकासको लागि उक्त किट हस्तान्तरण गरिएको टिमका मालिक पारस लुनियाले बताए।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट