सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

दुर्गा प्रसाईंलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

दुर्गा प्रसाईंलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं । दुर्गा प्रसाईंलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासले उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीलक्षित भिडियो बनाएर सेयर गरेका कारण उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भिडियो सन्देशमार्फत ‘विवादास्पद अभिव्यक्ति’ दिएर साइबर अपराध गरेको उनीमाथि अभियोग छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend