२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

चौथो अल नेपाल अन्तर वडा टेबलटेनिस हुँदै

बुधवार , मंसिर ५, २०८१

काठमाडौं । स्पिन इभेन्ट्सको आयोजनामा चौथो अल नेपाल अन्तर वडा टेबलटेनिस प्रतियोगिता हुने भएको छ । अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा आगामी मंसिर ११ देखि १५ गतेसम्म उक्त प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिताका खेलहरू लैनचौर टेबल टेनिस हलमा हुनेछ । आयोजकले बुधवार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो ।

प्रतियोगितामा मेन्स सिंगल्स, वुमेन्स सिंगल्स ब्वाइज सिंगल्स यु–१६, गर्ल्स सिंगल्स यु–१६, मेन्स टिम, वुमेन्स टिम, भेट्रान टिम (४० वर्षमाथि), मेन्स भेट्रान सिंगल्स (४० वर्षमाथि), वुमेन्स भेट्रान सिंगल्स (४० वर्षमाथि) मेन्स भेट्रान सिंगल्स (५० वर्षमाथि) र मेन्स भेट्रान सिंगल्स (६० वर्षमाथि) गरी कुल ११ स्पर्धा प्रतिष्पर्धा हुनेछ ।

प्रतियोगिताको मुख्य प्रायोजकमा खेलकुदप्रेमी सुमन खड्गी छन् । सहप्रायोजकमा दि हाण्डीक्राफ्ट तथा खेलकुदप्रेमी रवि धाख्वा छन् । प्रतियोगिताको आधिकारिक बल पार्टनरमा दि एच एस र क्लोडिङ्ग पार्टनरमा गोर्खा एथलेटिक्स रहेका छन् । पत्रकार सम्मेलनमा आयोजक र सहप्रायोजकबीच सम्झौतापत्रमा हस्ताक्षर भयो ।

प्रतियोगितामा ४५० जना खेलाडीले चुनौती प्रश्तुत गर्नेछ ।

प्रतियोगिताको मेन्स/वुमेन्स टिम इभेन्ट्स, भेट्रान टिम (४० वर्षमाथि) का शिर्ष तीन खेलाडी (तेस्रो हुने दुई) लाई शिल्ड प्रदान गरिनेछ । मेन्स/वुमेन्स सिंगल्स इभेन्ट्सका शिर्ष तीन (सेमिफाइनलिष्ट) खेलाडीले क्रमशः ३० हजार, १५ हजार र सात हजार पाँच सय नगद पुरस्कार, मेडल तथा प्रथम हुनेले ट्रफी पाउनेछ ।

१६ वर्ष मुनिका ब्वाइज सिंगल्स र गल्र्स सिंगल्स र भेट्रान्स सिंगल्समा पहिलो, दोस्रो र तेस्रो (सेमीफाइनलिस्ट) हुने खेलाडीले क्रमशः १० हजार, पाँच हजार र दुई हजार पाँच सय नगद पुरस्कारका साथै मेडल, च्याम्पियनले ट्रफी पनि पाउनेछ ।

साथै स्वर्ण, रजत र कांस्यपदकको आधारमा सर्वोत्कृष्ट वडालाई रनिङ शिल्ड प्रदान गरिने आयोजकको भनाइ छ । मेन्स/वुमेन्स सिंगल्स तथा १६ वर्षमुनी ब्वाइज सिंगल्स गर्ल्स सिंगल्समा च्याम्पियन खेलाडीले अनर कम्पनीको एक्स सेभेन सी मोडलको मोबाइल फोन प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट