२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एमाले जागरण सभा (तस्बिरहरु)

शुक्रवार , मंसिर ७, २०८१

काठमाडौँ । नेकपा (एमाले) को आज काठमाडौँमा हुन लागेको जागरण सभाको र्‍याली भद्रकालीबाट प्रारम्भ भई दरबारमार्गमा पुगेर कोण सभामा परिणत भएको छ ।

र्‍यालीमा ‘अघि बढ, ओली सरकार’, ‘कुप्रचार र गलत सूचना त्यागौँः तथ्य र सत्यलाई आत्मसात गरौँ’, ‘अराजकता सहिन्नः सहिष्णुता छोडिन्न’, ‘निराशा छोड्ने होः आशा र समृद्धि बाँड्ने हो’, ‘प्रतिगमन र पश्चगमन मानिँदैनः प्रगतिशील र अग्रगमन छाडिँदैन’ लगायतका नारा गुञ्जिएको थियो ।

एमालेको जागरण सभा दरबारमार्गमा पुगेपछि एमाले राष्ट्रिय जनसांस्कृतिक महासङ्घले गीत गाएर सभालाई स्वागत गरेको छ । सभामा जनसांस्कृतिक महासङ्घका कलाकार भीमसेन खतिवडाले ‘देश बनाउन ढिला भो, उठौँ साथी हो, समयले कोल्टे फेर्‍यो जुटौँ साथी हो’ बोलको गीत गाउँदै स्वागत गरे ।

सभामा सहभागी हुन अहिले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट र्‍याली आउनेक्रम जारी छ । सभालाई प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेतागणले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ