२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सीजी मोटर्स सबैभन्दा बढी आयकर बुझाउने कम्पनीका रुपमा सम्मानित

शुक्रवार , मंसिर ७, २०८१

ललितपुर । आन्तरिक राजश्व कार्यालय ललितपुरले सीजी मोटर्स प्रालिलाई सबैभन्दा बढी आयकर बुझाउने कम्पनीका रुपमा सम्मान गरेको छ । राष्ट्रिय कर दिवसको अवसरमा शुक्रबार राजश्व कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच उक्त सम्मान गरिएको हो ।

आन्तरिक राजश्व कार्यालय ललितपुरमा व्यवसायिक स्थायी लेखा नम्बर लिई कारोबार गरेका करदाताहरूमध्ये आर्थिक बर्ष २०७९/०८० को आय विवरणको आधारमा सबैभन्दा बढी आयकर दाखिला गरेकोमा सीजी मोटर्सलाई सम्मान गरिएको आन्तरिक राजश्व कार्यालयले जनाएको छ ।

आन्तरिक राश्व कार्यालयका प्रमुख कर अधिकृत नवराज पन्थीले चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीलाई खादा र सम्मान पत्रद्वारा सम्मान गरेका हुन् । सीजी मोटर्सलाई सबैभन्दा बढी आयकर बुझाउने कम्पनीका रुपमा सम्मान गर्न पाउँदा खुसी लागेको र आगामी बर्षहरूमा कम्पनीले थप व्यवसायिक सफलता हासिल गर्न सकोस् भन्दै उनले शुभकामना दिए ।

चौधरी ग्रुपका प्रवन्ध निर्देशक चौधरीले आफ्नो ग्रुपले देशको कुल सरकारी राजश्वको दुई प्रतिशत कर योगदान गर्न सकेकोमा सन्तोष व्यक्त गर्दै राष्ट्रको भौतिक एवं सामाजिक विकासमा यस्तो योगदानलाई बढाउदै लैजान चौधरी ग्रुप प्रतिवद्ध रहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ