२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

सर्वोच्च अदालतद्वारा दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण माग

आइतवार , मंसिर ९, २०८१

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण माग गरेको छ । सर्वोच्चले प्रसाईंलाई पक्राउ गर्नुको कारण र आधार पेस गर्न आदेश जारी गरेको हो ।

न्यायाधीश डा. मनोज शर्माको इजलासले लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।

प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको भनी दायर बन्दीप्रत्यक्षीकरणको निवेदनमा सो आदेश भएको छ ।

त्यस्तै, सर्वोच्चले प्रसाईंलाई अदालतमा उपस्थित गराउनु भनी आदेश समेत दिएको छ ।

प्रसाईंलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौँ पुर्‍याइएको छ। उनलाई १० दिन थुनामा राख्न सरकारी वकिलको कार्यालयले अनुमति माग गरेको छ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको फेक भिडियो देखाउँदै कम्बोडियाको टेलिकममा लगानी गरेको भनी प्रचार गरेपछि विद्युतीय कारोबारमा अनुसन्धानका लागि पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट