२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

एनपिएलले नेपालको आर्थिक गतिविधि चलायमान बनाउनेछ : खेलकुदमन्त्री चौधरी

सोमवार , मंसिर १०, २०८१

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल प्रिमियर लिग (एनपिएल) ले नेपालको आर्थिक गतिविधि चलायमान बनाउने बताएका छन् ।

सोमबार धरहरा परिसरमा एनपिएलको ट्रफी अनावरण कार्यक्रममा बोल्दै उनले सो विश्वास व्यक्त गरेका हुन् । उनले एनपिएलको चर्चा स्वदेशमा मात्र नभएर विदेशमा समेत भइरहेको भन्दै एनपिएलले आर्थिक, औद्योगिक र पर्यटकीय क्षेत्रमा पनि महत्वपूर्ण भुमिका खेल्ने बताए ।

उनले सबै टिमलाई जितको अग्रिम शुभकामना दिए । उनले खेल क्षेत्रले नेपाललाई अब विश्वमा चिनाउने पनि बताए ।

उनले भने, ‘एनपिएलले यस पालिको जुन चर्चा र परिचर्चा भइरहेको छ, त्यसमा सम्पूर्ण नेपालीलाई मात्र होइन, अन्तर्राष्ट्रिय जगतमा पनि यसको त्यत्तिकै चर्चा र परिचर्चा भइरहेको छ । सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु । एनपिएलले आर्थिक रुपमा मात्रै होइन, औद्योगिक रुपमा पनि त्यत्तिकै सशक्त रुपमा अघि बढेको हुनाले क्यानका सबै साथीहरु, उद्योगी, बैंकर्स सबैलाई धन्यवाद दिन चाहन्छु । यसबाट नेपालको आर्थिक, पर्यटक रुपमा निकै ठूलो अघि बढ्छ ।’

कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले एनपिएल नेपाली खेलकुदलाई बुझ्ने पुरानो मूल्य, मान्यता तोडेर नयाँ मान्यता स्थापित गर्ने एउटा ऐतिहासिक प्रतियोगिता भएको बताए । उनले खेलकुदलाई शारीरिक स्वास्थ्यसँग मात्रै जोड्ने कुराको रुपमा हेरे पनि एनपिएलललाई उद्यम, आर्थिक क्रियाकलापको क्षेत्रको रुपमा एनपिएललाई अघि सारिएको बताए ।

उनले भने, ‘एनपिएल नेपाली खेलकुदलाई बुझ्ने पुरानो मूल्य, मान्यता तोडेर नयाँ मान्यता स्थापित गर्ने एउटा ऐतिहासिक प्रतियोगिताको रुपमा मैले यसलाई लिन्छु । हाम्रो माझमा खेलकुदलाई शारीरिक स्वास्थ्यसँग मात्रै जोड्ने कुरा थियो, तर अब यो एउटा उद्यम, आर्थिक क्रियाकलापको क्षेत्रको रुपमा एनपिएललाई अघि सारिएको छ । म यसको शुरुवाती दिनदेखि नै सँगै छु ।’

सदस्यसचिव घिसिङले खेललाई स्वास्थ्यसँग मात्रै जोडेर हेर्न नहुने बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट