२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

एनपिएलका लागि टिकट मूल्य सार्वजनिक, कति पर्छ ?

मंगलवार , मंसिर ११, २०८१

काठमाडौँ । यही मङ्सिर १५ गतेदेखि हुन लागेको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) का लागि टिकट मूल्य निर्धारण गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सोमबार एक विज्ञप्ति जारी गर्दै टिकट मूल्य सार्वजनिक गरेको हो ।

मङ्सिर १५ गते हुने उद्घाटन खेलका लागि सामान्यतर्फ तीन सय र भिआइपीतर्फ सात सय रुपैयाँ टिकट मूल्य राखिएको क्यानले जनाएको छ । त्यस्तै लिग चरणका अन्य खेलका लागि सामान्यतर्फ तीन सय र भिआइपीतर्फ पाँच सय रुपैयाँ मूल्य तय गरिएको छ ।

एनपिएलको प्लेअफका खेल हेर्ने दर्शकहरूले सामान्यतर्फ पाँच सय र भिआइपीतर्फ सात सय रुपैयाँको टिकट काट्नुपर्नेछ । त्यस्तै, फाइनल खेलका लागि भने सामान्यतर्फ पाँच सय र भिआइपीतर्फ एक हजार रुपैयाँ टिकटको मूल्य तोकिएको क्यानले जनाएको छ ।

सिजनल पासको हकमा २० प्रतिशत छुटसहित सामान्यतर्फ चार हजार चार सय ८० र भिआइपीतर्फ आठ हजार दुई सय ४० रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट