सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

एनपीएल जिते ३० लाख पुरस्कार दिने कोशीका मुख्यमन्त्रीको घोषणा

एनपीएल जिते ३० लाख पुरस्कार दिने कोशीका मुख्यमन्त्रीको घोषणा

विराटनगर । कोशी प्रदेश सरकारले विराटनगर किङ्सले एनपीएलको उपाधि जितेमा ३० लाख दिने घोषणा गरेको छ । विराटनगर किङ्सका खेलाडीलाई मङ्गलबार राती बिदाइ गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विजेता बनेमा ३० लाख पुरस्कार दिने घोषणा गरे ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को लागि कोशी प्रदेशबाट विराटनगर किङ्सले सहभागिता जनाउँदैछ । मुख्यमन्त्री कार्कीले टोलीलाई जितको शुभकामना दिए ।

बिदाइ कार्यक्रममा मुख्यमन्त्री कार्कीले खेल क्षेत्रमा निजी क्षेत्रको सहभागिताले थप आकर्षण बढेको बताउँदै क्रिकेटबाट राष्ट्रिय मात्र हैन अन्तर्राष्ट्रिय पहिचान बनाउन सकिने उल्लेख गरे ।

‘खेलकुद क्षेत्रमा प्रदेश सरकारको स्रोत साधनले भ्याएसम्म सहयोग गर्न सरकार तयार रहेको छ, मुख्यमन्त्री कार्कीले भने, आगामी दिनमा खेलकुदको विकासकालागि थप योजनाहरू अघि सारिनेछ ।’

विराटनगर किङ्सका मुख्य प्रशिक्षक केभिन ओ ब्रायनले नेपाल प्रिमियर लिगमा आक्रामक खेलको प्रस्तुति दिने बताए ।

प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदान मङ्सिर १५ गतेदेखि पुस ६ गतेसम्म हुनेछ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend