२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

तरकारी खेती गरेर वार्षिक डेढलाख सम्म आन्दानी

बिहिवार , मंसिर १३, २०८१

काठमाडौँ । कैलालीका किसानले व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन्। पछिल्लो समय यहाँका किसानले व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्न थालेका हुन्।

धनगढी उपमहानगरपालिका–६ मटियारीका रामआश्रय रानाले तरकारी खेतीबाट वर्षमा तीन लाख ५० हजारसम्म आम्दानी हुने गरेको बताए।

राना विगत २५ वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका छन्। उनले ११ कठ्ठा जग्गामा तरकारी खेती गर्दै आएका छन्।

'पाँच कठ्ठा जग्गामा आलु लगाउने गरेको छु । वर्षमा एक लाख पचास हजारको आलु मात्रै बिक्री गर्छु । गत वर्ष २५ क्विन्टल आलु बेचेको थिए । यसपटक पनि राम्रै उत्पादन हुने आशा छ,' रानाले भनिन्, '६जनाको परिवार छ । तरकारी खेतीबाट राम्रैसँग घर खर्च चल्छ । केही बचत पनि हुन्छ।'

उनले मौसमअनुसार तरकारी लगाउने गरेकी छन्।

सोही ठाउँका रामदिन रानाले व्यावसायिक तरकारी खेतीबाट वार्षिक दुई लाखभन्दा बढी आम्दानी हुने गरेको बताए।

लामो समयदेखि व्यावसायिक तरकारीखेती गर्दै आएका रानाले हाल करिब छ कठ्ठा जग्गामा तरकारी खेती गरेका छन् ।

'पाँच जनाको परिवार छ । तरकारी खेतीबाट घरखर्च राम्रैसँग चल्छ । मेहनत बढी भए पनि आम्दानी पनि राम्रै हुन्छ। पछिल्लो समय तरकारीको मूल्य राम्रै पाइरहेका छौँ,' उनको भनाइ छ।

सोही ठाउँका अनोखा रानाले पनि व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गरिरहेको सुनाए।

उनले एउटा ‘सिजन’मा एक लाखभन्दा बढी आम्दानी हुने गरेको बताए।

'मैले पाँच कठ्ठा जग्गामा तरकारी लगाएकी छु, आम्दानी राम्रै हुन्छ । आम्दानीको अरु स्रोत नभए पनि यसैबाट घरखर्च, छोराछोरीको पठनपाठन र आवश्यक परेका बेला गर्जो टार्न सकिएको छ,' उनले भने।

उत्पादन गर्न सके बजारको कुनै समस्या नरहेको किसानहरूको भनाइ छ।

'आफूलाई पनि दैनिक उपभोग गर्न हुने, अरुलाई ताजा तरकारी दिएमा जस पनि मान्ने र त्यसैबाट आम्दानी पनि हुने । फेरि नजिकै बजार रहेकाले बेच्नलाई कुनै समस्या हुँदैन । बजार भाउ राम्रो भएका बेला त तरकारी बिक्रीबाट राम्रै आम्दानी हुन्छ । यसैमा खुसी छौँ,' यहाँका किसानले भन्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट