२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

आम नागरिकले प्रहरी छ भन्ने महशुस गर्न पाएका छैनन् : मन्त्री लेखी

बिहिवार , मंसिर १३, २०८१

काठमाडौं । मधेस प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले अझै पनि आम नागरिकले प्रहरी प्रशासन छ भन्ने अनुभुति गर्न नसकेको बताएका छन् ।

बिहीबार जनकपुरमा मधेस प्रदेशमा लैंगिक समानताको सवालबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री लेखीले यस्तो बताएका हुन् । उनले देशमा प्रहरी प्रशासन भएपनि प्रहरी प्रशासनको उपस्थिति रहेको महशुस आम नागरिकले गर्न नसकेको बताए ।

उनले कार्यालय समयमा प्रहरीहरु निदाएर बसेको आफूले विभिन्न जिल्लाको अनुगमनका क्रममा भेट्टाएको बताए । आफू सशस्त्र प्रहरीको काम कर्तव्यबाट असन्तुष्ट रहेको बताए ।

उनले भने, ‘हाम्रो देशमा प्रहरी प्रशासन त छ तर त्यसको उपस्थिति समुदायले अनुभव गरिरहेको छैन । हिजो नौ बजे म एउटा प्रहरी चौकीमा पुगेँ, प्रहरीहरु निदाइरहेका, सुतिरहेका थिए । आधा दर्जन सुरक्षाकर्मीहरु । हामी लैंगिक हिंसाको अन्त्यको कुरा गर्दैछौँ, हाम्रा सुरक्षाकर्मीहरु पनि त्यत्तिकै जिम्मेवार छन्, यो विषयमा । तर उनीहरुको अवस्था हिजो हेर्दा उदेक लाग्यो ।

यस्तै हो भने सुरक्षा अधिकारका लागि हामी बजेट किन दिने ? म सशस्त्र प्रहरीको काम कर्तव्यबाट असन्तुष्ट छु । तर नेपाल प्रहरीको अवस्था देख्दा लाज लाग्यो । लैंगिक हिंसा अन्त्यका निम्ति पनि, दहेज प्रथा अन्त्य, बालविवाह अन्त्यका निम्ति पनि, समाजमा रहेका विकृति, विसंगति अन्त्यका निम्ति सुरक्षा निकाय त्यत्तिकै जिम्मेवार बन्नुपर्छ ।’

उनले लैंगिक हिंसाको अन्त्य गर्नका लागि सुरक्षा निकायको भुमिका पनि उत्तिकै महत्वपूर्ण रहेको बताए । लैंगिक हिंसा अन्त्य, दाइजो प्रथा, बालविवाह अन्त्यका निम्ति र समाजमा रहेका विकृति, विसंगति अन्त्यका निम्ति सुरक्षा निकाय त्यत्तिकै जिम्मेवार बन्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट