logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • इसेवा मनि ट्रान्सफरको घर जित्ने योजनाका विजेता घोषणा

    इसेवा मनि ट्रान्सफरको घर जित्ने योजनाका विजेता घोषणा

    245
    Shares
    इसेवा मनि ट्रान्सफरको घर जित्ने योजनाका विजेता घोषणा

    काठमाडौं । रोमानियाबाट ईसेवा मनि ट्रान्सफरमार्फत इसेवा वालेटमा रेमिट्यान्स पठाउने अन्जुला घिमिरेले काठमाडौंमा घर जितेकी छन् ।

    इसेवा मनि ट्रान्सफरले सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियानमा विजेता बन्दै घिमिरेले काठमाडौंमा घर उपहार पाएकी हुन् ।

    १२ मंसिरमा इसेवा मनि ट्रान्सफरले गोलाप्रथामार्फत घिमिरेलाई विजेता घोषणा गरेको हो । विजेता बनेसँगै घिमिरेले ललितपुरको महालक्ष्मी नगरपालिका-३ स्थित इमाडोलमा करिब ३ आना क्षेत्रफलमा बनेको साढे दुई तल्लाको घर पाएकी छन् ।

    इसेवा मनि ट्रान्सफरले विदेशबाट आउने रेमिट्यान्सको वैधानिकता प्रवर्द्धन गर्न र डिजिटल रेमिट्यान्सलाई प्रोत्साहन गर्न १ असोज २०८० देखि ३० कात्तिक २०८१ सम्म ‘मेरो डिजिटल देश’ अभियान सञ्चालन गरेको थियो ।

    कार्यक्रममा इसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले डिजिटल रेमिट्यान्सको महत्त्व र यसले राष्ट्रिय अर्थतन्त्रमा पार्ने सकारात्मक प्रभावबारे चर्चा गरेका थिए ।

    ‘मेरो डिजिटल देश’ अभियानले रेमिट्यान्सलाई वैधानिक बनाउन महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो ।

    इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले विजेतालाई बधाई दिँदै डिजिटल रेमिट्यान्सलाई प्रोत्साहन गर्दै विश्वभर रहेका नेपालीलाई आफ्नो देश र परिवारसँग अझ नजिक बनाउन ‘मेरो डिजिटल देश’ अभियानले महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend