logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • लगानी बोर्ड बैठक : ६५७ मेगावाटका तीन ठूला जलविद्युत बनाउन १ खर्ब ४१ अर्ब लगानी स्वीकृत

    लगानी बोर्ड बैठक : ६५७ मेगावाटका तीन ठूला जलविद्युत बनाउन १ खर्ब ४१ अर्ब लगानी स्वीकृत

    175
    Shares
    लगानी बोर्ड बैठक : ६५७ मेगावाटका तीन ठूला जलविद्युत बनाउन १ खर्ब ४१ अर्ब लगानी स्वीकृत

    काठमाडौं । लगानी बोर्डले ६ सय ५७ मेगावाट क्षमताका तीन ठूला जलविद्युत आयोजना बनाउन १ खर्ब ४१ अर्ब रुपैयाँ लगानी स्वीकृत गरेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा बिहीबार सिंहदरबारमा सम्पन्न लगानी बोर्डको ६०औँ बैठकले ३ सय ४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् परियोजनाका लागि ७० अर्ब रुपैयाँ रुपैयाँ लगानी स्वीकृत गरेको छ ।

    एक सय छ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजना बनाउन २३ अर्ब ५९ करोड र दुई सय १० मेगावाट क्षमताको चैनपुर सेती परियोजनाका लागि ४७ अर्ब ५४ करोड लगानी स्वीकृतिको निर्णय गरेको बोर्डले जनाएको छ ।

    यसैगरी बैठकले तीन सय २७ मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी र सम्राट सिमेन्ट कम्पनी प्रालिको म्याद थप गरेको छ । पश्चिम सेती जलविद्युत् परियोजनाको क्षमता ७ सय ५० मेगावाटबाट बढाएर ८ सय मेगावाट बनाउने गरी म्याद थप तथा चार किल्ला जडित क्षेत्रको अनुमतिपत्र संशोधनको निर्णय गरेको छ ।

    साथै माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको सेयर परिवर्तन र सम्झौतापत्र संशोधनको निर्णय गरिएको छ ।

    प्रधानमन्त्री ओलीले सम्बन्धित निकायहरुले समन्वयात्मक रुपमा काम गरी मुलुकमा लगानीको उचित वातावरणा सृजना गर्न र समृद्धिको यात्रामा तदारुकताका साथ काम गर्न आग्रह गरे ।

    उनले विकास र समृद्धिका लागि विद्यमान कानुन र बैठकमा बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले यसअघिको असोज २२ गतेको निर्णयका आधारमा बोर्डको रणनीतिक तथा व्यावसायिक योजनाको मस्यौदा तयार गरी सरोकार भएका पक्षसँग छलफल भइरहेको जानकारी गराएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend