logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • गौतमबुद्ध विमानस्थल दीगो सञ्चालनमा चेम्बर लुम्बिनी प्रदेशको जोड

    गौतमबुद्ध विमानस्थल दीगो सञ्चालनमा चेम्बर लुम्बिनी प्रदेशको जोड

    84
    Shares
    गौतमबुद्ध विमानस्थल दीगो सञ्चालनमा चेम्बर लुम्बिनी प्रदेशको जोड

    लुम्विनी । नेपाल चेम्बर अफ कमर्स लुम्विनी प्रदेशले गौतमबुद्ध विमानस्थलको दीगो सञ्चालन, लगानी र सम्भावनाबारे सरोकारवाला निकायसंग बृहत अन्तरक्रिया सम्पन्न गरेको छ । भैरहवामा आयोजित कार्यक्रममा चेम्बर लुम्विनी प्रदेशले मुख्यमन्त्री चेत नारायण आचार्य, पदेशका मन्त्री, निजी क्षेत्रका प्रतिनिधीसंग वृहत अन्र्तक्रिया आयोजना गरेको हो ।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भैरहवा विमानस्थल स्थायी रुपमा सञ्चालनका लागि प्रदेश सरकारले पहल गर्ने बताए ।

    ‘लुम्बीनीमा लगानीः अवसर र चुनौति’ विषय कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले विमानस्थल सञ्चालनका लागि केन्द्र सरकारसँग समन्वय गर्ने प्रतिवद्धता समेत जनाएका छन् । प्रदेश सरकारलाई बलियो बनाउने गरि आन्तरिक समन्वय एवं लगानीको वातावरण सिर्जना गर्ने गरी काम भईरहेको उनको भनाई छ । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल पुर्णरुपमा संचालन गर्नका लागि सरकार प्रयासरत रहेको उनको भनाई छ ।

    नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्राले निजी क्षेत्रमा लगानीको वातावरण बन्नुपर्ने बताए । लुम्विनी प्रदेश लगानी र प्राकृतिक श्रोतको दृष्टिकोणले उत्कृष्ट प्रदेश रहेको वरिष्ठ उपाध्यक्ष मल्होत्राको भनाई छ ।

    लुम्विनी प्रदेश चेम्बरका अध्यक्ष टंक प्रसाद पोख्रेलले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालनका लािग सरोकारवाला निकायबीच पुर्ण समन्वय र पहल कदमी लिनुपर्नेमा जोड दिए । भारतीय पर्यटकलाई चेकजाँचका नाममा अनावश्यक दुख दिने काम बन्द गर्नुपर्ने उनको भनाई छ ।

    लुम्विनी प्रदेशमा लगानी भित्र्याएर पर्यटक आर्कषित गर्नुपर्नेमा उनले जोड दिए । भैरहवा विमानस्थल पुर्णरुपमा सञ्चालन गर्नका लागि सवैको पहल आवश्यक रहेको अध्यक्ष पोख्रेलले जोड दिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend