मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

काठमाडौंमा रविको बयान सकियो, फेरि पोखरा लगिने

काठमाडौंमा रविको बयान सकियो, फेरि पोखरा लगिने

काठमाडौं । सहकारी ठगी प्रकरणमा काठमाडौं ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका प्रमुख सन्देश श्रेष्ठका अनुसार सोमबार लामिछानेको बयान सकिएको हो ।

सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेर जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका सभापति लामिछानेलाई १३ मंसिरमा काठमाडौं ल्याइएको थियो ।

प्रहरीले शुक्रबारबाटै उनको बयान लिन थालेको हो ।

कालिमाटीको स्वर्णलक्ष्मी सहकारीमा बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा अनुसन्धान गर्न प्रहरीले लामिछानेविरुद्ध पक्राउ अनुमति लिएको थियो ।

बयानपछि लामिछानेलाई फेरि प्रहरीले पोखरा लैजानेछ ।

उनी गत कात्तिक २ गते काठमाडौँस्थित रास्वपा केन्द्रीय कार्यालयबाट पक्राउ परेका थिए । लामिछानेलाई सुप्रिम सहकारीको रकम अचपचलनका विषयमा बयान लिन यसअघि बुटवल लगिएको थियो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend