२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सिटिजन्स बैंक ‘बैंक अफ द इयर’ २०२४ अवार्डबाट सम्मानित

बिहिवार , मंसिर २०, २०८१

काठमाडौं । सिटिजन्स बैंक सन् २०२४ को ‘बैंक अफ द इयर’ अवार्डबाट सम्मानित भएको छ । बैंकले पहिलो पटक यो अवार्ड प्राप्त गरेको हो।

बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका ‘द बैंकर’ले सन् २०२४ को ‘बैंक अफ द इयर’ बाट सिटिजन्स बैंकलाई सम्मान प्रदान गरेको हो।

लण्डनमा आयोजित एक कार्यक्रममाबीच बिहीबार बैंकका अध्यक्ष प्रवलजंङ्ग पाण्डे र प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरलले अवार्ड ग्रहण गरेका छन्।

अवार्ड ग्रहण पश्चात बैंकका अध्यक्ष पाण्डेले अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त अवार्डले सिटिजन्स बैंकले दिने सेवा प्रवाह विस्तारमा थप सहयोग पुग्ने बताए। उनले यसलाई नेपालको बैंकिङ क्षेत्रकै सफलताका रुपमा व्याख्या गरे।

उनले यो अवार्डले नेपालको बैंकिङ प्रणालीको सफलतामा एउटा इँटा थप्न सफल भएको बताएका छन्।

पत्रिकाले यो वर्ष १५० भन्दा बढी मुलुकका बैंकलाई अवार्ड दिएको छ। हरेक देशका वाणिज्य बैंकमध्ये सर्वोत्कृष्ट वित्तीय क्षमता प्रदर्शन गर्नेलाई यो अवार्ड दिएको पत्रिकाको वेबसाइटमा उल्लेख छ।

सिटिजन्स बैंकले साना तथा लघु उद्यमका साथै कर्पोरेट फाइनान्सिङ गर्छ। बैंकको थोक तथा खुद्र व्यापारतर्फपनि राम्रो एक्सपोजर छ। बैंकले नवीकरणीय ऊर्जादेखि ठूला पूर्वाधारहरूमा समेत लगानी गरिरहेको छ।

बैंकले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटिएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट करिव १८ लाख भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट