काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट अन्तर्गत बिहीबार बिहानको खेलमा पोखरा एभेन्जर्सले सुरुमा ब्याटिङ गर्दैछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्सले टस जितेर फिल्ड रोजेपछि पोखराले सुरुमा ब्याटिङ गरेको हो ।
जनकपुरको नेतृत्व अनिल साहले गर्दैछन् भने पोखराको कप्तान कुशल भुर्तेल छन्।
यसअघि विराटनगर किंग्स र कर्णाली याक्सलाई पराजित गरेको जनकपुर तेस्रो जित निकाल्ने योजनामा रहँदा पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको पोखरा पहिलो जितको खोजीमा रहनेछ।
प्रतिक्रिया दिनुहोस