सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

सेयरधनीलाई तारागाउँ रिजेन्सीले ११ प्रतिशत लाभांश दिने

सेयरधनीलाई तारागाउँ रिजेन्सीले ११ प्रतिशत लाभांश दिने

काठमाडौं । तारागाउँ रिजेन्सीले ११ प्रतिशत नगद लाभांश दिने भएको छन् ।

सेयरधनीलाई करबाहेक सो लाभांश दिने घोषणा कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको हो ।

आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई नगद लाभांश वितरण गर्ने निर्णय भएको छ ।

कम्पनीले लाभांश प्रस्ताव पारित प्रयोजनको लागि पुस २५ गते साधारण सभा मिति तोकेको छ।

होटलले गत वर्ष ५१ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। कम्पनीले आर्थिक वर्ष २०७९/८० मा ११ प्रतिशत नगद र ४ प्रतिशत बोनस सेयर लाभांश वितरण गरेको थियो।

कम्पनीको १ अर्ब ९६ करोड २१ लाख रुपैयाँ चुक्ता पुँजी छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend