शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

शेयर बजारमा दोहोरो अंकको गिरावट, ८ अर्ब ३६ करोडको कारोबार

शेयर बजारमा दोहोरो अंकको गिरावट, ८ अर्ब ३६ करोडको कारोबार

काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से १५.९३ अंकले घटेर २ हजार ७३४ दशमलव ९३ विन्दुमा बन्द भएको हो ।

आज ४० कम्पनीको शेयर मूल्य बढ्दा २०१ को घटेको छ । ३ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

यस दिन ८ अर्ब ३६ करोड ९६ लाख बराबरको कारोबार भएको छ । आज नेपाल फाइनान्स कम्पनीको ४२ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको २९ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एलआइसी नेपालको २० करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज खानीखोला हाइड्रोपावरका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् । सुपर मादी हाइड्रोका लगानीकर्ताले ९ दशलमव ९५ प्रतिशतका दरले कमाएका छन् । मानुषि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशलमव ८१ प्रतिशतका दरले कमाएका छन् । एलआइसी नेपालका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् ।

सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य आज ८.३७ प्रतिशतले घटेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend