२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

प्रधानमन्त्री ओली चार दिने चीन भ्रमण सकेर स्वदेश फिर्ता (तस्बिरहरु)

बिहिवार , मंसिर २०, २०८१

काठमाडौं । चार दिने चीन भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् ।

बिहीबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै प्रधानमन्त्री ओली स्वदेश फर्किएका हुन् । मंसिर १७ गते चिनियाँ समकक्षी लि छ्याङको औपचारिक निमन्त्रणामा चीन गएका थिए । चीनमा प्रधानमन्त्री ओलीले चिनियाँ समकक्षी छ्याङसहित चिनियाँ राष्ट्रपति शि जिनपिङसँग पनि भेटवार्ता गरे ।

भेटका क्रममा दुई पक्षीय सम्बन्ध बिस्तार लगायत विभिन्न विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ । भेटका क्रममा चीनका राष्ट्रपति शि जिनपिङले नेपाललाई ५०० मिलियन आरएमबी (करिव नौ अर्ब रुपैयाँ) अनुदान सहयोग घोषणा गरेका छन् ।

साथै नेपाल सरकार र चीन सरकार बीचको बेल्ट एण्ड रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर समेत भएको छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ