
काठमाडौं । नेपाली सुगम संगीतमा निरन्तर क्रियाशिल गायक रवि सुवेदी र स्वेच्छा ठकुरीको स्वरमा रहेको ‘पग्लियो यो मन’ बोलको गीतको म्युजिक भिडियो रिलिज भएको छ ।
सरगम राईको शब्द तथा संगीत, सविन लिम्बु को एरेन्ज गीतमा रहेको छ । प्रेममा एक अर्कालाई गरिने प्रेमको भावलाई जीवनमा सफलताको बाटोमा पुर्याउनको लागि आतुर प्रेमील जोडिको मनो भावनालाई गीतमा चित्रण गरिएको छ ।
भिडियोमा विशाल थापाको छायांकन, विकास दाहालको सम्पादन छ । सोनम पाख्रिनले भिडियोलाई निर्देशन गरेका हुन् ।
गीतको भिडियोमा रवि सुवेदी/बिना राउतको अभिनय जिवन्त देख्न सकिन्छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend