२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

चितवनमा रविलाई अमानवीय व्यवहार गरिएको छ, यसको छानबिन गर्नुपर्छ : ज्ञानेन्द्र शाही

शनिवार , मंसिर २२, २०८१

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेका छन् । उनले शनिबार दिउँसो कास्की प्रहरीको हिरासतमा पुगेर सभापति लामिछानेलाई भेटेका हुन् ।

भेटपछि सरकारले प्रतिशोध साँधेर रविलाई पक्राउ गरेको बताउँदै उनले रविलाई चितवनमा अमानवीय व्यवहार गरिएको समेत बताए ।

सांसद शाहीले सभापति लामिछानेलाई हिरासतमा राख्दा मानवअधिकारको गम्भीर उल्लङ्घन भएको बताए ।

लामिछानेलाई मदिरा सेवन गरेका प्रहरी परिचालन गरेर रातारात चितवनबाट कास्की ल्याइएको पनि बताए । उनले मानवअधिकारको गम्भीर उल्लङ्घन भएको भन्दै सत्यतथ्य छानबिन गर्नुपर्ने बताए ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि गत कात्तिक ३ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् । उनलाई बयानका लागि रुपन्देही, काठमाडौं र चितवन लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट