२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नबिल बैंकद्वारा अपोइन्टमेन्ट बैंकिङ प्रणालीको शुरूवात, अब रोजेकै समयमा सेवा लिन सकिने

सोमवार , मंसिर २४, २०८१

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्ना ग्राहकको समय व्यवस्थापनलाई ध्यानमा राख्दै अपोइन्टमेन्ट बैंकिङ प्रणालीको शुरूवात गरेको छ। यस प्रणालीको मद्दतले ग्राहकले आफ्नो अनुकुल समयमा बैंकिङ्ग सेवा लिन सक्ने भएका छन्। हाललाई यो सेवा बैंकको मुख्य कार्यालय तीनधाराबाट शुरू गरिएको बैंकले जनाएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाका अनुसार प्रविधिको प्रयोगमार्फत छरितो र कुशल सेवा दिन यो प्रणाली शुरू गरिएको हो।

उनले भने, “हामी ग्राहकहरूको चाहानालाई महसुस गर्दै नवीन समाधानहरू प्रदान गर्न कटिबद्ध छौँ । अपोइन्टमेन्ट बैंकिङ प्रणालीले समय व्यवस्थापनमा सहयोग गर्ने, कुशल सेवा उपलब्ध गराउने हाम्रो लक्ष्यलाई प्रतिबिम्बित गर्दछ।”

नबिलले व्यस्त पेसाकर्मी तथा व्यवसायीलाई लक्षित गरी नवीनतम प्रविधिमा आधारित अपोइन्टमेन्ट बैंकिङ प्रणालीको प्रयोग गरेर ग्राहकले आफूले चाहेको समय अर्थात् आफूले बुक गरेको समयमा बैंकबाट सेवा लिन सक्नेछन् । नगद र चेक कारोबार जस्ता अत्यावश्यक बैंकिङ सुविधा लिनका यो सुविधा लिन सकिने बैंकले जनाएको छ ।

शुरूवातदेखि नै डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै आएको नबिल बैंक लिमिटेडले ग्राहकको अनुभवका आधारमा नयाँ प्रणालीमा आधारित कदम अघि बढाएको छ । अपोइन्टमेन्ट बैंकिङ प्रणाली डिजिटलाइजेसन अन्तर्गतकै नयाँ आयमको रूपमा लिइएको छ ।

बैंकका अनुसार ग्राहकहरूले नबिल बैंकको वेबसाइट वा एनबैंक एप प्रयोग गरी सजिलै अपोइन्टमेन्ट बुक गर्न सक्छन्। ग्राहकले बैंकमा जानु अघि उल्लेखित प्लेटफममार्फत लिनुपर्ने सेवा र आफूलाई सहज हुने समय छनोट गर्ने सुविधा दिइएको छ। यसले समय व्यवस्थापनलाई ठुलो सहयोग पुर्याउने विश्वास बैंकले लिएको छ।

नबिल बैंकले हाल २६८ शाखा र ३२० एटिएममार्फत २४ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ। नवीनतम सेवाहरूको शुरूवात गर्दै आएको यस बैंकलाई नेपालको बैंकिङ विकासमा महत्वपूर्ण योगदान पुर्याउदै आएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट